+
+

उसु च्याम्पियनसिपमा पदक विजेतालाई राखेपको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते १९:१७

१६ साउन, काठमाडौं । छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

विभिन्न विधामा अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन् । सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १/१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

यस्तै बबिता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/ एक स्वर्ण प्राप्त गरेका छन् ।

सफल पाठक, समिर बस्नेत, रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भए । सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा र गु्रप इभेन्टमा १/१ रजत पदक प्राप्त गरेका छन् ।

प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरे ।

परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूको उच्च प्रदर्शनले नेपालको शान बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?