काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’का कलाकार र निर्देशकसहितको टोली पोखरा पुगेको छ । पोखराका विभिन्न हलमा दर्शकको चाप र कलाकार भेट्नको लागि माग आएको बताउँदै चलचित्र टिम पोखरा पुगेको हो ।
कलाकारहरू रेजिना उप्रेती, अमरप्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेका हुन् ।
हलमा भरिभराउ दर्शक भेटेपछि निर्देशक कोइरालाले दर्शकले फिल्मको ‘थ्रिलिङ पार्ट’लाई रुचाएको बताए । उनले बुधबार सीमित शो रहेको र भएका शोमा टिकट नपाउँदा हुँदा केही दर्शक फर्किन बाध्य भएको बताए । उनले ‘दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गरेको देखिएको बताए ।
यो फिल्म डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । यसमा प्रवीण खतिवडा, सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउँवाला गौतम लगायतको पनि अभिनय छ ।
प्रतिक्रिया 4