+
+
Shares

पूर्वमिस नेपाल अर्थ सरिशाले हार्वर्ड मेडिकल स्कुलबाट गरिन् स्‍नातकोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १४:३१

काठमाडौं । पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट बिरामीको सुरक्षा, गुणस्तर, सुचना विज्ञान र स्वास्थ्य नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् ।

हार्वर्ड विश्वविद्यालय अन्तर्गतको स्कुलबाट स्नातकोत्तर उत्तीर्ण गरेपछि उनले उत्साह व्यक्त गरिन् । ‘यसले मलाई निकै उत्साह दिएको छ,’ बोस्टनबाट अनलाइनखबरसँग उनले भनिन् ।

पोस्ट–ग्राजुएसनको उक्त पाठ्यक्रमले बिरामीको सुरक्षा र तथ्यांक विश्लेषणमार्फत गुणस्तर सुधार गर्न, अस्पताल र समुदायमा विद्यमान जटिल स्वास्थ्य सेवा प्रणालीको वास्तविक स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्य सेवा नेता सिर्जना गर्ने उद्देश्य राख्छ ।

यो कोर्समा अमेरिकी मेडिकल एसोसिएसन, युरोपेली र क्यानडेली मान्यता प्राप्त छ । यो ३० मुलुकका विभिन्न १२० विद्यार्थीको एक विश्वव्यापी समूह रहेको श्रेष्ठले जानकारी दिइन् ।

यसअघि क्याम्पसको पाठ्यक्रम रहेको यो विषयलाई पछिल्लो समय हार्वर्ड मेडिकल स्कुलले अनलाइन कक्षा, थेसिस प्रस्तुतीकरण, भौतिक कक्षासहित हाइब्रिड शैलीमा पढाइरहेको छ ।

‘चिकित्सा त्रुटिहरु विशेषगरी हामीजस्ता विकासोन्मुख देशमा ठूलो समस्या भएकाले यो पाठ्यक्रमले बिरामीलाई उच्च स्तरको हेरचाह प्रदान गर्न स्वास्थ्यकर्मीलाई सीप प्रदान गर्छ,’ सरिशाले भनिन्, ‘नेपालका लागि यो निकै महत्वपूर्ण कुरा हो ।’

बिरामी सुरक्षाबारेको प्रस्तुतीकरणमा सरिशाले ‘बेस्ट टिम प्रेजेन्टर’को सम्मान पनि प्राप्त गरिन् । सरिशा मिस नेपाल अर्थ २०२२ की विजेता हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?