काठमाडौं । सिमोस सुनुवारले निर्देशन गर्ने आगामी फिल्म ‘जन्ते बाख्रो’को शीर्षमध्येको भूमिकामा आसिफ शाह अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा सौगात मल्ल पनि जोडिएका थिए ।
यसअघि आसिफले आफ्नो होम प्रोडक्सन जी-ट्वान्टी वान प्रोडक्सनको ब्यानरमा फिल्म ‘शुभ विवाह’ निर्देशन गर्ने घोषणा दुई वर्षअघि गरेका थिए । अहिले त्यो प्रोजेक्टलाई थाँती राखेर उनी बाहिरी ब्यानरका फिल्मको अभिनयमा आएका हुन् ।
पछिल्लो समय उनी टिभी रियालिटी शो ‘नेपाल आइडल’को होस्टको रुपमा व्यस्त थिए । ‘जन्ते बाख्रो’को कुरा गर्दा यो फिल्मको छायांकन तिहारपछि गर्ने तयारी छ ।
निर्देशक सुनुवार हिमालय टिभीको रियालिटी शो रोडिजमा व्यस्त भएकाले यो फिचर फिल्मको छायांकन चाडपर्वपछि गर्ने जनाइएको छ । मुख्य अभिनेत्रीसहितका कलाकारका लागि अडिसन आह्वान गरिएको छ ।
अडिसनमा सहभागी हुन देशभरबाट करिब ४०० जना भन्दा बढीले आवेदन दिएका छन् । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी जनरामा बन्ने यो फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया 4