+
+

कंगना रनौतको ‘इमर्जेन्सी’ ट्रेलर : इण्डिया इज इन्दिरा, इन्दिरा इज इण्डिया

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १६:५३

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’लाई दर्शक उत्सुकतासहित पर्खिरहेका छन् । पर्खाइबीच निर्माताले बुधबार ट्रेलर सार्वजनिक गरेका छन् ।

फिल्ममा कंगनाले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गरेकी छन् । कंगनाले इन्स्टाग्राम स्टोरीमा फिल्मको ट्रेलर सेयर गरेकी छिन् ।

यो फिल्मको कथावस्तु सन् १९७५ मा भारतमा लगाइएको संकटकालको परिस्थिति वरपर घुम्छ । त्यतिबेलाको सत्ता राजनीति र रस्साकस्सी यसमा छ ।

फिल्ममा अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी र श्रेयस तलपदे पनि छन् । श्रेयसले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गरेका छन् । दिवंगत अभिनेता सतिश कौशिक पूर्वउपप्रधानमन्त्री जगजीवन रामको भूमिकामा छन् ।

कंगनाले ट्रेलर सेयर गर्दै लेखेकी छन्, ‘भारत इन्दिरा हो र इन्दिरा भारत हो । देशको इतिहासमा सबैभन्दा शक्तिशाली महिला, आफ्नो इतिहासमा लेखिएको कालो अध्याय । भर्खरै ‘इमर्जेन्सी’ को ट्रेलर रिलिज भएको छ । इमर्जेन्सी सेप्टेम्बर ६ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।’

कंगना लोकसभा चुनावमा व्यस्त भएपछि यो फिल्मको प्रदर्शन रोकिएको थियो । उनले भाजपाबाट हिमाञ्चल राज्यको मण्डी सिटबाट लोकसभा चुनाव जितेकी हुन् । ‘इमर्जेन्सी’को निर्देशन कंगना स्वयंले गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?