News Summary
Generated by OK AI. Editorially reviewed.- चक्रपथ विस्तार अन्तर्गत तेस्रो खण्डको ७ सय मिटर सडक काम सकिएको छ र सवारी साधन चल्न थालेका छन्।
- फागुन २०८१ मा ठेक्का लागेको तेस्रो खण्ड ८ लेनमा विस्तार गरिएको छ र २४ करोड रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ।
- नेपाल सरकारले चप्पल कारखानादेखि गोपिकृष्ण पुलसम्म सडक विस्तार गर्ने योजना बनाएको छ र दोस्रो खण्डको काम पूर्वतयारीमा छ।
७ जेठ, काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत तेस्रो खण्डको काम सकिएको छ । जसमा सवारी साधन समेत चल्न थालिसकेका छन् ।
नारायणगोपाल चोकबाट चप्पल कारखानासम्म करिब ७ सय मिटर लम्बाइमा भएको विस्तारका लागि फागुन २०८१ मा ठेक्का लागेको थियो । यो खण्डमा चक्रपथ ८ लेनमा विस्तार भएको छ ।
२४ करोड रुपैयाँ लागतको यो आयोजनामा नेपाल सरकारले लगानी गरेको हो । नेपाल सरकारकै स्रोतमा चप्पल कारखानादेखि गोपिकृष्ण पुलसम्मको सडक विस्तार समेत गर्ने योजना छ ।
चक्रपथ कुल २७ किलोमिटर लम्बाईको छ । जसको विस्तार विभिन्न चरणमा अगाडी बढिरहेको छ ।
पहिलो खण्डमा कोटेश्वर–कलंकी ११ किलोमिटर लम्बाइको विस्तार सम्पन्न २०७५ सालमा भएको हो ।
दोस्रो खण्ड कलंकी–बसुन्धरा चीन सरकारको सहयोगमा गर्ने तयारी छ । तर, सो सडकको काम भने अझै पनि पूर्वतयारीकै प्रक्रियामा छ ।











प्रतिक्रिया 4