News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'लालीबजार'ले देशभरबाट ५ करोड १५ लाख १८ हजार ९७० रुपैयाँ ग्रस कमाइ गरेको छ।
- निर्माता म्याक्स दीपेश खत्रीले सामाजिक सञ्जालमार्फत फिल्मले ५ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको जानकारी दिएका छन्।
- फिल्म प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ र वादी समुदायकी महिलाको संघर्ष कथा प्रस्तुत गर्छ।
काठमाडौं । षट्कोण आर्ट्सको निर्माणमा बनेको सामाजिक कथावस्तुमा आधारित फिल्म ‘लालीबजार’ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापारलाई निरन्तरता दिएको छ । फिल्मले शुक्रबार बिहानसम्म देशभरबाट ५ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मको हालसम्मको कुल कमाइ ५ करोड १५ लाख १८ हजार ९७० रुपैयाँ ग्रस पुगेको छ । निर्माता म्याक्स दीपेश खत्रीले सामाजिक सञ्जालमार्फत फिल्मले ५ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको जानकारी दिएका छन् ।
प्रदर्शनको पहिलो दिन १० लाख रुपैयाँभन्दा कम व्यापार गरेको फिल्मले त्यसपछि भने लगातार राम्रो कमाइ गरिरहेको छ । मंगलबार मात्रै फिल्मले देशभरबाट करिब ४० लाख रुपैयाँ कमाएको विवरण सार्वजनिक भएको छ ।
एकातिर कानुनी विवाद र विरोधको सामना गरिरहे पनि अर्कोतिर बलियो ‘वर्ड अफ माउथ’को साथ पाउँदै फिल्मको व्यापार उकालो लागिरहेको छ । शुक्रबारदेखि फिल्म प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दैछ ।
यम थापाको निर्देशन रहेको फिल्मले वादी समुदायकी एक महिलाले आफ्नो पहिचान र सन्तानको उज्ज्वल भविष्यका लागि गर्ने संघर्षको कथा प्रस्तुत गर्छ ।
प्रतिक्रिया 4