News Summary
Generated by OK AI. Editorially reviewed.- समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा ८ जेठमा तीन दिने भ्रमणका लागि नेपाल पुगेकी छन्।
- नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भ्रमणलाई दुई देशबीच मित्रता र साझेदारी गहिरो बनाउने मौका भनेका छन्।
- मन्त्री मल्होत्राले भ्रमणका क्रममा नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताएकी छन्।
८ जेठ, लण्डन । समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल पुगेकी छन् ।
तीन दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन् । नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो ।
नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भनेका छन्, ‘बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हो । यो दुई देशबीच मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका पनि हो ।’
भ्रमणका अवसरमा मन्त्री मल्होत्राले नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4