
३२ भदौ, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले एक कार्यक्रमका बीच ‘रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७८’ र रामहरि केबी स्मृति फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ वितरण गरेको छ ।
समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा उपमहानगरपालिका – ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।
अधिवक्ता एवम् पत्रकार ऋषि केबीले स्वर्गीय पिता रामहरि केबीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
कार्यक्रममा स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4