+
+

ग्लोबल आईएमई लघुवित्तले घोषण गर्‍यो २८ प्रतिशत बोनस

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १२:५५
प्रतीकात्मक तस्वीर

२० असोज, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीका लागि २८ प्रतिशत बोनस घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत लाभांश दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।

असोज १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठक यस्तो प्रस्ताव पास गरेको हो । कम्पनीको प्रस्तावलाई अब नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि अब बस्ने वार्षिक साधारण सभाले पारित गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ ।

घोषित बोनस पारित भए लघुवित्तको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्ने छ । कम्पनीले बोनस घोषणा गरे लगत्तै दोस्रो बजारमा लघुवित्तको सेयर मूल्य बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?