
१५ कात्तिक, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्कटल्याण्डको ग्लास्गो पुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी कोप-२६ सम्मेलनमा सहभागी हुन मोदी ग्लास्गो पुगेका हुन् ।
मोदीले जलवायु परिवर्तन सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा मोदी र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच दुईपक्षीय बैठक हुने भारतीय समाचार माध्यमले जनाएका छन् ।
ग्लास्गो पुगेका मोदीलाई त्यहाँस्थित भारतीय समुदायले भव्य स्वागत गरेको समाचारमा जनाइएको छ । भारतीय समुदायसँगको अन्तर्क्रियाका क्रममा होटल पुगेलगत्तै ‘मोदी भारतका गहना हुन्’ भन्ने नारा लगाइएको थियो ।
यसैबीच, मोदीको ट्विटर ह्याण्डलमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरण गर्न भारत अन्य विश्व नेतासँग सहकार्य गर्न चाहेको अपेक्षा गरिएको उल्लेख छ ।
‘ग्लास्गोमा आइपुगें,’ मोदीको ट्विटमा भनिएको छ, ‘कोप-२६ सम्मेलनमा सहभागी भएर जलवायु परिवर्तन न्यूनीकरणका लागि विश्व नेतासँग सहकार्य गर्न आतुर रहेको र यस सम्बन्धमा भारतले गरेका प्रयास बताउने छु ।’
प्रतिक्रिया 4