+
+

युरोपमा ओमिक्रोनसँगै चौथो कोभिड लहर सुरु, फ्रान्समा दैनिक संक्रमितको संख्या १ लाखमाथि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते ११:२०

११ पुस, काठमाडौं । युरोपमा कोभिड-१९ का दैनिक संक्रमित फेरि ह्वात्तै बढ्न थालेका छन् । । कैयौं मुलुकमा दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

डेल्टा भेरियन्टको जारी संक्रमणबीच नयाँ ओमिक्रोनका संक्रमित समेत बढ्न थालेपछि युरोपका कतिपय मुलुक नयाँ कोभिड लहरको मारमा परेका छन् । बेलायत, फ्रान्स र इटलीमा दैनिक संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

शुक्रबार बेलायतमा एक लाख २२ हजार १८९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ पछिल्ला केही दिनयता दैनिक संक्रमितको संख्याले नयाँ-नयाँ रेकर्ड बनाउँदै गएको छ । त्यस्तै,  नयाँ ओमिक्रोनका भेरियन्टबाट संक्रमित हुनेको संख्या झण्डै एक लाख पुग्न लागेको छ ।

इटलीमा समेत कोभिड-१९ को चौथो लहर सुरु भएको छ । चौथो लहर सुरु भएसँगै प्रतिबन्धात्मक नियममा थप कडाइ गरिएको छ । सार्वजनिक स्थलमा खोप नलगाएका मानिस प्रवेश गर्न नपाउने र बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने लगायतका निमय पुन: लागू गरिएको समाचारमा उल्लेख छ ।

शुक्रबार इटलीमा दैनिक संक्रमितको संख्या लगातार दोस्रो दिन महामारी सुरु भएयताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबा त्यहाँ ५० हजार ५९९ जना नयाँ संक्रमित थपिएका थियो जुन हालसम्मकै धेरै हो । इटलीमा बिहीबार ४४ हजार ५९५ नयाँ संक्रमितसहित नयाँ रेकर्ड बनाएको थियो । इटलीको समाचार माध्यम आन्साका अनुसार यसअघि गत वर्षको नोभेम्बर १३ दैनिक संक्रमितको संख्या उच्च विन्दु अर्थात् ४० हजार ९०२ पुगेको थियो ।

त्यस्तै, फ्रान्समा पनि लगातार तेस्रो दिन हालसम्मकै धेरै मानिसमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार त्यहाँ एक लाख चार हजार ६११ जनामा संक्रमण पुष्टि भएको छ । तीव्र रुपमा फैलिइरहेको ओमिक्रोनको असरलाई लिएर फ्रान्सका अधिकारी चिन्तित भएका छन् ।

 (एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?