
१८ माघ, मोरङ । प्रहरीले चाँदीको विभिन्न गरगहनासहित एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका- ९ घर भएकी २९ वर्षीया मन्जु सहनी रहेकी छन् ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस,सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बराबरको अन्दाजी मुल्य रू ७,००,००० (रू सात लाख ) बराबरको चाँदीको गहना बरामद गरेको छ ।
पक्राउ परेका उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4