+
+

घुससहित वडासचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १६:२९

२० माघ, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ ।

जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?