+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नवलपरासीमा १ लाख घुससहित कारागार प्रशासक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १७:५४

२३ असार, काठमाडौं । नवलपरासी पश्चिममा  कारागारका शाखा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन् ।

कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको हो।

दत्तले कारागारमा काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनलाई कारागार प्रशासकको निवासबाट आइतबार पक्राउ गरिएको हो । अख्तियारका प्रवक्ता घिमिरेका अनुसार शाखा अधिकृत दत्तको साथबाट स्रोत नखुलेको अरु ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?