+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यो सरकारले भात–रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

‘यो सरकारले निर्दोषलाई दोषी करार गर्नुस् भन्दैन, ढुक्कले काम गर्नुस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १०:५१

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन ।’

सरकारले कसैलाई फसा भनेर समेत नभन्ने भन्दै उनले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएको समेत बताए । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’

ओलीले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए । उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ ।’

उनले पुरानो शैलीमा अपराध नियन्त्रण हुन नसक्ने समेत बताएका छन् । अपराध हुनै नदिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले भने, ‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन ।’

उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुने समेत बताए ।  ‘यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ, स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ’ ओलीले भने, ‘अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ ।’

अपराधको बारेमा सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ र नियन्त्रण गरिहाल्छ भन्ने आम मानिसमा परोस् भन्ने आफूले चाहेको ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?