+
+
Shares

शल्यक्रियापछि कस्तो छ ओलीको स्वास्थ्य ?

ओलीको शल्यक्रिया ३० चैतमा गरिएको थियो । झन्डै तीन साता पुग्नै लाग्दा पनि उनी सार्वजनिक कार्यक्रममा निस्किएका छैनन् । त्यसकारण पनि धेरैले उनको स्वास्थ्य अवस्थासँग जोडेर हेरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २०:२०

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पित्तथैलीको ढुंगा निकाल्ने शल्यक्रिया (ल्याप्रोस्कोपी) पश्चात् घरमै आराम गरिरहेका छन् ।  उनलाई नियमित रूपमा हेरिरहेकी चिकित्सक डा. दिव्या सिंहका अनुसार ओलीको स्वास्थ्यमा बिस्तारै सुधार आउँदै छ ।  तथापि पूर्ण रिकभर भने हुन अझै केही समय लाग्ने छ ।

ओलीको शल्यक्रिया ३० चैतमा गरिएको थियो । झन्डै तीन साता पुग्नै लाग्दा पनि उनी सार्वजनिक कार्यक्रममा निस्किएका छैनन् । त्यसकारण पनि धेरैले उनको स्वास्थ्य अवस्थासँग जोडेर हेरेका छन् ।

‘शल्यक्रियापछि बिस्तारै रिकभर भइरहनुभएको छ । घरमै हिँडडुल गर्नुभएको छ र सामान्य भेटघाट पनि भइरहेको छ,’ सिंहले भनिन् ।

बाहिर ओलीलाई ज्वरो आएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्ने हल्ला चलेको छ भन्ने प्रश्नमा उनले आफूलाई त्यस्तो जानकारी नआएको उनले स्पष्ट पारिन् ।

‘यदि कुनै समस्या भएको भए मलाई नै खबर आउँथ्यो । बिहान पनि उहाँसँग औषधिबारे फोनमा कुरा भएको थियो, त्यस्तो गाह्रो भएको कुरा छैन,’ उनले भनिन् ।

३० चैतमा पित्तथैलीमा भएको ढुंगा ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको थियो ।

किन चाँडै रिकभरी भएन भन्ने प्रश्नमा डा. सिंह भन्छिन्, ‘उमेर तथा विगतका स्वास्थ्य जटिलताका कारण रिकभरी अन्य बिरामीको तुलनामा केही ढिलो भएको हो ।’

ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ । मुटुको एन्जियोप्लाष्टिक पनि भएको छ । उनले नियमित औषधि सेवन गरिरहेका छन् ।

त्यसैले पनि स्वास्थ्य अवस्था चाडै सुधार नभएको चिकित्सकको भनाइ छ । ‘पहिलेदेखिका स्वास्थ्य समस्या र  मिर्गौला ट्रान्सप्लान्टको इतिहास पनि छ । त्यसैले रिकभरी अलि ढिलो देखिएको हो,’ डा. सिंहले स्पष्ट पार्दै भनिन् ।

ओलीलाई शल्यक्रियापछि छातीमा संक्रमण देखिएको थियो । तत्काल नै औषधि चलाएपछि दुई दिनमा नियन्त्रणमा आएको डा. सिंहले बताइन् ।

अहिले घाउ बिस्तारै निको हुँदै गएको र टाँका निकाल्ने बाँकी रहेको डा.सिंहले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?