+
+

प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

अब सिंह र धानुक पनि आईजीपीका दाबेदार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १६:४०

१७ चैत, काठमाडौं ।  सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सिफारिसमा वरिष्ठता र कार्यक्षमतालाई नहेरिएको भन्दै सिफारिसमा नपरेका सिनियर डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दिएका थिए ।

बुधबार आयोगले गृह मन्त्रालयकै निर्णयलाई सदर गरेपछि मन्त्रिपरिषद्ले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका मध्ये पन्त हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका हुन् ।

उनका ब्याचका अन्य सिनियर डीआईजीहरुले लोक सेवा आयोगबाट न्याय नपाए अदालत जाने बताइरहेका छन् ।

तीन जनालाई सरकारले एआईजीमा बढुवा गरेसँगै सिंह र धानुक पनि भावी प्रहरी महानिरीक्षकका लागि दाबेदार बनेका छन् ।

प्रहरी नियमावलीमा एआईजीहरुमध्येबाट सरकारले चाहेको व्यक्तिलाई आईजीपीमा नियुक्त गर्न सक्ने प्रावधान छ । यसअघि नै उनको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा एआईजी बनिसकेका छन् ।

हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?