+
+

स्थानीय तहमा महिलाको कम उपस्थितिले दूरगामी असर गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १७:४८

१९ वैशाख, काठमाडौं । स्थानीय तहमा महिलाको कम उपस्थितिले दूरगामी असर पुर्‍याउने भन्दै महिला अधिकारकर्मीले चिन्ता जनाएका छन् ।

वुमन एन्जिओ फेडेरेशनको आयोजना तथा संकल्पको सहकार्यमा काठमाडौंको भएको कार्यक्रमका सहभागी उनीहरुले संविधान र कानूनले बाध्यात्मक व्यवस्था गरेको पदमा मात्रै दलहरुले महिलालाई प्राथमिकता दिएको आरोप लगाए । महिलालाई हस्तक्षेपकारी भूमिका दिन राजनीतिक दलले कन्जुस्याइँ गरेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा सहभागी विवेशशील साझा पार्टीबाट काठमाडौंको मेयरमा उठेकी समीक्षा बास्कोटाले म नै कानून, म नै राज्य हुँ भन्ने पुरुष दम्भले महिला उम्मेदवार कम भएका बताइन् ।

राजधानी र राजनीतिको फोहोर सफा गर्न आफूले उम्मेदवारी दिएको उनले बताइन् ।

राप्रपाबाट काठमाडौ‌ं महानगरपालिकाको उपमेयर उम्मेदवार बनेकी विनिता मगैयाले महिला तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्वले समाजमा विद्यमान असमानता हटाउनका लाग िआफू राजनीतिमा आएको बताइन् ।

महिलामा जिम्मेवारी र व्यवस्थापन पक्ष बलियो हुने हुँदा अबको नेतृत्वमा महिला आउनु पर्ने उनको भनाइ छ । पितृसत्तात्मक समाज, राजनीतिक दलले महिलाको अधिकार हनन गरेको आरोप पनि उनले लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?