
११ भदौ, काठमाडौं । नेकपा एमालेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
विगतका कतिपय सन्दर्भमा आयोगको भूमिका आफ्नो दायित्व अनुकुल नभएको एमालेको निष्कर्ष छ । शनिबार सकिएको एमले केन्द्रीय कमिटीले भनेको छ, ‘कुनै पक्षको दबाव र प्रभावमा नपरी संविधान र कानुनले निर्धारण गरे बमोजिमको निष्पक्ष र तटस्थ भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गर्दैछ ।’
एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने काम गरिरहको भन्दै अबिलम्ब बन्द गर्न खबरदारी पनि गरेको छ ।
हेर्नुहोस् एमालेको निर्णयको पूर्णपाठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4