+
+

फेसबुकमा अश्लील भिडियो हाल्दिन्छु भन्दै ब्ल्याकमेल गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १५:५६

१५ भदौ, काठमाडौं । सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा र ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्‍ने ३२ वर्षीय जेम्स तामाङ छन् ।

पक्राउ परेका दुवै जनालाई  विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ ।

रमीज राजाले सामाजिक सञ्जाल भाइबरमा नाबालिकासँग अडियो सम्वाद गरी सामाजिक सञ्जालमा अश्लिल भिडियो भाइरल भएको भनी डर देखाएको र तामाङले पीडित महिलालाई इन्स्टाग्राम तथा बिंगोमा साथी बनाई अश्लील प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमा हालिदिने भन्‍दै ब्ल्याकमेल र मानसिक यातना दिएको ब्‍यूरोको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?