+
+

अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १५:०७

१७ भदौ, काठमाडौं । प्रहरीले अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-२१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्‍दै आएका ३९ वर्षीय रविन अधिकारी भन्‍ने रविन्द्र अधिकारी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनले पीडितहरुबाट प्रतिव्‍यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?