
२२ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4