+
+

नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १९:३९

२७ भदौ, काठमाडौं । प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई हाल काठमाडौंको हाडीगाउँ बस्‍ने ४९ वर्षीय बाल सुन्दर सापकोटा र २० वर्षीय अर्जुन कार्की छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हाँडी गाउँबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट मोबाइल, २ वटा नक्कली पेस्तोल, स्मार्ट घडी र केही नगद बरामद गरेको छ ।

उनीहरुले हामी प्रहरी हौ भन्‍दै पेस्तोल देखाइ लुटपाट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुमाथि डाँका कसूरमा आवश्‍यक कारबाहीको लागि प्रहरी वृत बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?