
७ कात्तिक, बुटवल । रुपन्देही–२ (२) का नेकपा एमालेका प्रदेशसभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारलाई ठूलो आकारको भद्दद्धा र खर्चिलो हुन रोक्नुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री रहेका श्रेष्ठले गठबन्धन संस्कृतिका कारण सबै दललाई भाग पु¥याउन प्रदेश सरकारहरु अनावश्यक भद्धा र आर्थिक हिसाबले बोझिलो हुने गरेको बताए ।
श्रेष्ठले एमाले नेतृत्वको सरकार बनेमा प्रदेश सरकार ७ सदस्यीय भन्दा ठूलो आकारको बन्न नदिने बताए ।
‘पाँच दलको गठबन्धनले मन्त्रालय फुटालेर एमालेले भन्दा दोब्बर तेब्बर धेरै मन्त्रालय र मन्त्री बनाउंदा प्रदेश सरकारहरु बद्नाम भए’, सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘जनताको चाहना अनुसार एमालेले प्रदेश सरकार सानो र चुस्त बनाउँछ, राज्यकोषको अनावश्यक दोहन र खर्च रोक्छ ।’
नेता श्रेष्ठले पाच दलीय गठबन्धनलाई जनताको समस्या र देशको हित भन्दा आफ्नो दललाई कसरी कहाँ भागबण्डा मिलाउने मात्रै ध्यान रहेको आरोप लगाए ।
प्रतिक्रिया 4