
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्ष भित्र रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा गरेको छ ।
यसअघि अघिल्लो निर्वाचनमा एमालेले यी पूर्वाधार बनाउने नै घोषणा गरेको थियो । आगामी छ वर्षमा भने एमालेले निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ रेलमार्गको निर्माण सम्पन्न गरी रेल नै सञ्चालनमा ल्याउने बताएको छ ।
निजगढ–बुटवल खण्डको निर्माण थाल्ने र बाँकी भागको जग्गा अधिग्रहण थालिने समेत एमालेको घोषणा पत्रमा उल्लेख छ ।
सबै महानगर, काठमाडौंमा मेट्रो रेल, सहरी केवलकार र पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने समेत एमालेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4