महिला मुद्दाकी अथक् वकिल
श्रीना नेपाल (२५) ले कक्षा ८ पढ्दै गर्दा एउटा सानो कविताको किताब निकालिन् । र, किताबको पछाडि पानामा लेखिन्, ‘मैले समाजलाई केही दिनुपर्छ ।’
त्यतिबेलै आफ्नो भविष्यको गोरेटो कोरेकी श्रीना आज ‘काठमाडौं स्कूल अफ ल’को विद्यार्थी मात्र होइन, सर्वोच्च अदालतमा दर्जनौं सार्वजनिक हितको रिट हाल्ने युवा कानूनविद्, लेखक र अभियन्ता बनेकी छन् ।
स्यानिटरी प्याडमा लाग्ने ‘पिंक ट्याक्स’ हटाउनदेखि पेट्रोलको प्रदूषण करको दुरुपयोग रोक्न, सरोगेसी र आईभीएफ नियमन गर्न, कुमारी छेंको तोरण फिर्ता ल्याउन र महिलाको नागरिकता अधिकारसम्मका मुद्दामा उनी निरन्तर अदालत धाइरहेकी छिन् ।
सानो उमेरदेखि नै समाजलाई केही दिनुपर्छ भन्ने भावनाले प्रेरित श्रीनाले स्कूलको कविताबाट शुरु गरेको यात्रालाई अहिले सर्वोच्च अदालतसम्म पुर्याएकी छिन् ।
बाल्यकाल र परिवारको प्रभाव
१९ भदौ २०५७ मा इलाममा जन्मिएकी श्रीना सानै उमेरदेखि परिवारका साथमा भक्तपुरमा बसेकी हुन् । अहिले पनि उनी आमाबुवा, भाइसँगै भक्तपुरमै बस्छिन् । उनको परिवार सामान्य तर प्रोत्साहन गर्ने खालको थियो । बुवा नवराज नेपाल मिडिया क्षेत्रमा सक्रिय छन् भने आमा गृहिणी हुन् ।
उनी भन्छिन्, ‘मेरो घरको वातावरण सधैं प्रोत्साहनपूर्ण थियो । आमाले नैतिकता र मूल्यहरू सिकाउनुहुन्थ्यो, बुवाले समाजप्रतिको दायित्व ।’
श्रीनाका हजुरबा ‘आमाका बा’ संस्कृत भाषामा कविता लेख्नुहुन्थ्यो । शायद उहाँको प्रभावले होला उनलाई सानैदेखि कविता लेख्न मन पर्थ्यो ।
उनी कम बोल्ने, कोठामा बसेर चित्र कोर्ने, कविता लेख्ने र हस्तकला गर्न रुचाउने बच्चा थिइन् । स्कूलमा भने अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन् । स्कूल पढ्दा वक्तृत्वकला र कविता प्रतियोगितामा भाग लिन्थिन् । शिक्षकहरूले उनको लेखाइलाई कक्षामा मात्र होइन, अर्को सेक्सनमा पनि सुनाउने गर्थे । त्यसले उनलाई प्रोत्साहन दिन्थ्यो । ‘श्रीनालाई त केही भन्नै हुन्न, लेखिहाल्छे भनेर साथीहरूले जिस्क्याउने गर्थे’, उनी भन्छिन् ।
८ कक्षा पढ्दा उनले लैङ्गिक न्यायसँग सम्बन्धित पहिलो लेख प्रकाशित गरिन् । त्यही वर्ष उनले एउटा कविताको किताब पनि निकालिन्, जसमा स्कूल र अभिभावकको संयुक्त सहयोग थियो । श्रीना भन्छिन्, ‘त्यतिबेला मलाई भित्रबाट जे आउँथ्यो, त्यही लेख्थें ।’ तर यो किताब हेर्दा अहिले पनि उनलाई आश्चर्य लाग्छ । ‘८ कक्षा पढ्ने बच्चाले यस्तो गहिरो विषयमा कसरी लेख्न सक्छ भन्ने लाग्छ आफैंलाई ।’
शिक्षा र लेखनको विकास
श्रीनाको स्कुलिङ काठमाडौंमै भयो । पहिले भीएस निकेतन, त्यसपछि पाठशाला कक्षा १ देखि १० सम्म र प्लस टु एम्बेसडर एकेडेमीमा साइन्स पढिन् ।
२०७८ सालमा एसएलसी उत्तीर्ण गरेकी श्रीनाका अभिभावकको चाहना थियो- छोरीले साइन्स नै पढोस् । उनलाई पनि साइन्स पढ्यो भने पछि जुन विषयमा जाँदा पनि हुन्छ जस्तो लाग्यो । त्यसैले साइन्स नै रोजिन् । प्लस टु पढ्दा किताब पढ्नमा बढी रुचि राख्थिन् । कोर्स बाहेकका सामाजिक, राजनीतिक किताबहरू उनलाई बढी मनपर्थ्यो ।

एसएलसीपछि उनले ‘एसएलसी प्रिन्सेस’ ब्युटी पेजेन्टमा भाग लिइन् । त्यहाँ ५० जना केटीहरू बीच ग्रुमिङ र प्रतिस्पर्धाले व्यक्तित्वमा ठूलो परिवर्तन ल्यायो । प्लस टु सकिएपछि रेडियो जनतामा करिब एक वर्ष काम गरिन् । त्यहाँ उनको बोल्ने सीप विकास भयो । त्यसपछि केही समय सिरियल, म्युजिक भिडियो र सर्ट फिल्ममा पनि काम गरिन् । उनी भन्छिन्, ‘तर मलाई लाग्यो यो मात्र पर्याप्त छैन । मैले समाजलाई केही दिनुपर्छ ।’
त्यही बेला उनले महसुस गरिन्- साइन्स होइन, कानून नै मेरो बाटो हो । ‘समाजलाई केही दिन सक्ने विषय कानून नै हो’, उनी भन्छिन् । बुवाआमाले पनि कानून पढ्न रोक्नुभएन, पूर्ण सहयोग गर्नुभयो । उनी काठमाडौं स्कूल अफ ल ‘केएसएल’ मा कानून पढ्न भर्ना भइन् ।
सक्रियताको सुरुआत र कानूनी यात्रा
काठमाडौं स्कूल अफ लमा भर्ना भएपछि श्रीनाको सक्रियता झन् बढ्यो । पहिलो वर्षमै एसिड आक्रमण विरुद्धको अभियानमा लागिन् । उज्ज्वलविक्रम थापासँग सहकार्य गर्न खोजिन् तर कोभिड लकडाउनले बाधा पर्यो। तर अध्यादेश आएपछि अभियान सफल भयो ।
दोस्रो वर्षमा उनले ‘पिंक ट्याक्स’ स्यानिटरी प्याडमा लाग्ने कर विरुद्ध रिट दायर गरिन् । साथीहरूसँग मिलेर यो विषयमा ६ महिनासम्म रिसर्च गरिन् । यूएन रिपोर्ट, प्याड कम्पनी, सरकारी तथ्याङ्क सबै हेरिन् । उनको समूहले माग गर्यो- आयातित प्याडमा कर हटाऊ, स्वदेशी उत्पादनलाई प्रोत्साहन देऊ, कच्चा पदार्थमा भन्सार शुल्क नलगाऊ । मुद्दा दर्ता गर्न मात्र एक हप्ताभन्दा बढी लाग्यो तर हार मानिनन् ।
तेस्रो वर्षमा श्रीनाले ‘पोलुसन ट्याक्स’ पेट्रोलमा लाग्ने १.५० रुपैयाँ प्रतिलिटरको मुद्दा हालिन् । काठमाडौंको वायु प्रदूषण चरम अवस्थामा थियो । सरकारले सङ्कलित कोषलाई दुरुपयोग गर्दै थियो । अन्तरिम आदेश भयो- छुट्टै कोष बनाऊ ।
यी मुद्दाहरूले उनलाई केही गर्न सकिन्छ भन्ने विश्वास दिलायो । श्रीनाको सक्रियता कलेजमा मात्र सीमित रहेन । त्यसपछि उनी नियमित रूपमा १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानको नेतृत्व गर्न थालिन् । कलेजले पूर्ण सहयोग गर्यो । साथै काठमाडौं उपत्यकाभित्रका सरकारी विद्यालयमा कानूनी चेतना कक्षा सञ्चालन पनि गरिन् ।
श्रीनाले हालसम्म सार्वजनिक हितका दर्जनौं रिट दायर गरेकी छिन् । उनले दर्ता गरेको स्यानिटरी प्याड कर सम्बन्धी मुद्दा चार वर्षपछि फैसला भयो । अदालतले कर हटाउनू, स्वदेशी उद्योगलाई प्रोत्साहन दिनू भनेर परमादेश जारी गर्यो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।
स्यानिटरी प्याडमा लाग्ने ‘पिंक ट्याक्स’ हटाउनदेखि पेट्रोलको प्रदूषण करको दुरुपयोग रोक्न, सरोगेसी र आईभीएफ नियमन गर्न, कुमारी छेंको तोरण फिर्ता ल्याउन र महिलाको नागरिकता अधिकारसम्मका मुद्दा बोकेर अदालत धाइरहेकी छिन् ।
लेखन यात्रा : घटनाबाट प्रेरित
श्रीनाको लेखन घटना र भावनाबाट प्रेरित हुन्छ । ‘कसैले छोरी मान्छे भएर यो गर्नुहुँदैन भन्यो भने म तुरुन्त लेख्छु’, उनी भन्छिन् । उनले ‘पिंक’ फिल्म हेरेर राति १२ः३० बजे उठेर लेखेकी थिइन् । उनी भन्छिन्, ‘कुनै कुराले मलाई छोयो भने म लेखिहाल्छु ।’
८ कक्षादेखि अहिलेसम्म उनले ५० भन्दा बढी लेख प्रकाशित गरिसकेकी छिन् । माईरिपब्लिका, नागरिक, राइजिङ नेपाल र काठमाडौं पोस्ट् लगायत अन्य अनलाइन मिडियामा उनका लेखहरू प्रकाशित छन् । अहिले उनी जेन्डर जस्टिस, मानवअधिकार, सम्पदा, पर्यावरण सबै विषयमा लेख्छिन् । कानून पढेपछि लेखनलाई कानूनसँग जोडेर लेख्छिन् । समाजमा के छ, कानून के भन्छ, समाजमा रहेको ग्याप के हो ? लगायत कुरा समेटेर लेख्छिन् ।

श्रीनाको पहिलो कविताको किताबपछि अहिले दुई वटा किताब तयार हुँदैछन्- ‘नट एट लस्ट’ आधुनिकीकरणको प्रभाव, सांस्कृतिक परिवर्तन, सम्पदा सङ्कट ।
उनी आफ्नो थेसिसमा आधारित नागरिकता सम्बन्धी किताब पनि लेख्दैछिन् । ७७ वटै जिल्लाका जिल्ला प्रशासनबाट सूचना मागेर तथ्याङ्क सङ्कलन गरिसकेकी छिन् । उनी भन्छिन्, ‘महिलालाई नागरिकता दिने ब्युरोक्रेसीमा पितृसत्तात्मक बाधा छ । त्यसैले यही विषयमा किताब लेख्दैछु ।’
अन्तर्राष्ट्रिय अनुभव र भावी योजना
सन् २०२४ मा उनले इटालीको ग्लोबल क्याम्पसमा ‘सिनेमा एड्भोकेसी एन्ड ह्युमन राइट्स’ को तालिम लिएकी थिइन् स्कलरसिपमा । त्यसपछि महानगरपालिकासँग मिलेर प्रोजेक्ट कार्यान्वयन गरिन् ।
उनी फोटो सर्कलसँग पनि आबद्ध छिन् । अन्तर्राष्ट्रिय वर्कसपमा भाग लिएर धरान, खोकना, चितवनमा इन्डिजिनस समुदायसँग काम गरिन् । फेमिनिस्ट मेमोरी प्रोजेक्टमा रिसर्चरको रूपमा काम गरिन् ।
अहिले इको-फेमिनिजम र हेरिटेज फेमिनिजमलाई जोडेर काम गर्दैछिन् । ‘सम्पदा र महिलालाई सधैं जोडिन्छ तर कसैले यसलाई फेमिनिस्ट पर्स्पेक्टिभबाट हेरेका छैनन्’, उनी भन्छिन् ।
व्यक्तिगत जीवन र सन्देश
पछिल्लो समय पनि श्रीना फेसबुकमा कविता हाल्छिन् तर प्रकाशित गर्न डराउँछिन् । उनी भन्छिन्, ‘पहिले सजिलो थियो, अहिले अरूलाई मन पर्दैन कि भन्ने डर लाग्छ ।’
उनको भविष्यको योजना स्पष्ट छ । अझै धेरै सामाजिक मुद्दा लड्ने, किताब प्रकाशित गर्ने, इको-फेमिनिजमलाई मुख्य धारामा ल्याउने । उनी हरेक दिन सर्वोच्च अदालत जान्छिन्, आफ्नो मुद्दाको फैसला सोध्छिन् । ‘यो मेरो लागि ठूलो कुरा हो’, उनी भन्छिन् ।
श्रीनाको यात्रा सानो कविताबाट शुरु भएको हो तर अहिले यो राष्ट्रिय आन्दोलन बनेको छ । परिवारको प्रोत्साहन र दृढ सङ्कल्पले जे पनि सम्भव छ । उनी युवाहरूलाई भन्छिन्, ‘जुन कुराले तपाईंलाई छुन्छ, त्यसलाई लेख्नुहोस्, बोल्नुहोस्, लड्नुहोस् । समाजलाई केही दिनुहोस् ।’

ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी