+

भर्चुअल कानून कक्षाकी गुरुआमा

कोरोना महामारीका बेला मोबाइलमा कानूनी जानकारीका भिडियोहरू रेकर्ड गरेर शुरु गरेकी ममता शिवाकोटीको डिजिटल सचेतना अभियान अहिले टिकटकसम्म पुगेको छ । उनका भिडियोमा मुद्दा कसरी शुरु गर्ने, कहाँ जाने, कसलाई भेट्ने, कति खर्च लाग्छ, को र कस्ता वकिल खोज्ने जस्ता कन्टेन्ट उपलब्ध हुन्छन् ।
पूरा सूची
Shares
ममता शिवाकोटी

२०७६ सालतिरको कुरा हो, ममता शिवाकोटीको बीएएलएलबी पढाइ सकियो उनले तत्कालै लाइसेन्सको जाँच दिइन् प्रतिस्पर्धीबीच प्रथम भइन् एकाध वर्ष गैरसरकारी संस्था युनिसेफमा काम गरिन् एकाएक मुलुकमा कोरोना महामारी फैलियो । सबै जना घरभित्रै नजरबन्दमा रहनुपर्‍यो

त्यही फुर्सदिलो खाली समयमा मैले कानूनी साक्षरताको लागि डिजिटल लयर अभियान शुरु गरेकी हुँममता भन्छिन्, ‘घरमा खुम्चिएर बसेका बेला आफूले जानेको कुरा सामाजिक सञ्जालको माध्यमबाट सबैलाई भनौं भनेर शुरु गरेको कामले डिजिटल लयरको जन्म दिएको हो

ममता पेशाले कानून व्यवसायी हुन् तर सामाजिक सञ्जालमा उनी ‘डिजिटल लयरको रूपमा चिनिन्छिन् । उनी कोरोना महामारी शुरु भएका बेला आफूले पढेको जानेको कानूनी कुराबारे टिकटक बनाउन थालिन् कतिपयले त्यसलाई रुचाए त्यसबाट हौसिएर नियमितजसो टिकटक बनाउन थालिन् , त्यही प्रयासडिजिटल लयरको रूपमा स्थापित भयो समाजमा चिनियो

काठमाडौंमा जन्मेहुर्केकी ममताले निजी स्कूलहरूबाट विद्यालय तहको पढाइ पूरा गरिन् साइन्समा प्लस टु पढ्ने मिहिनेत गर्ने बानी कायम राख्न साइन्स पढेकी उनले त्यसपछि भने काठमाडौं स्कूल अफ लमा बीएएलएलबी शुरु गरिन् बाबु चन्द्र शिवाकोटीको कानूनी पृष्ठभूमि त्यससँग सम्बन्धित व्यवसायले पनि उनलाई कानूनी क्षेत्रतर्फ मोड्यो

कानून अध्ययनका क्रममा ममताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइन्, अवार्डहरू जितिन् कलेजमै इन्टर्नसिप गर्न थालिन्

अध्ययन सकेपछि केही समय एक गैरसरकारी संस्थामा काम गरिन् अनि बालबालिकाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफमा काम गरिन् त्यसको केही समयमा नै कोरोना महामारी फैलियो, अनि घरमै नजरबन्द भएको बेलामा उनले डिजिटल लयरको अभियान शुरु गरेकी हुन्

ममतासँग कानून व्यवसायीले अदालत जाँदा पहिरिने कालो कोट थियो त्यही लगाएर शुरुमानेपालमा कसरी वकिल बन्न सकिन्छ ?’ भनेर आफ्नो अनुभव सहित भिडियो बनाउन थालिन्

उनी सम्झिन्छिन्त्यतिबेला नाच्न, गाउन अभिनयसहित गीत बजाएर बनाएका भिडियोहरू पोस्ट गर्न मात्रै टिकटक प्रयोग हुन्थ्यो

सूचना, जानकारी वा अरू विवरण हालेर पनि टिकटक बनाउन सकिन्छ भन्ने अभ्यास शुरु भएको थिएन त्यसलाई कसैले पनि पत्याउँदैनथे टिकटकमा पनि गम्भीर कुरा गर्ने ?’ भन्ने प्रतिक्रिया हुन्थ्यो हुन उनले पनि शुरुआती चरणमा गीत बजाएर नाच्ने, गाउने अनि त्यसैका भिडियोहरू टिकटकमा हाल्ने गर्थिन्

त्यसरी चल्दै जाँदा सोचिन्, ‘ वर्ष पढेको छु, कानूनको ज्ञान , अदालतमा गएर बहस गर्ने क्षमता राख्छु यी कुराहरू जोडेर टिकटक किन नबनाउने ?’ त्यही कुराले उनलाई हौस्यायो, अनि कालो कोट भिरेर कसरी वकिल बन्ने भन्ने भिडियो बनाइन्

त्यो भिडियो निकै लोकप्रिय भयो उनलाई लाग्यो, मानिसहरू कानूनी कुरा जान्न चाहने रहेछन्, तर त्यस्ता ज्ञानमूलक कन्टेन्टको अभाव रहेछ

ममता भन्छिन्, ‘आफूसँग भएको मोबाइलको भरमा आठदश वटा भिडियो बनाएँ यतिसम्म कि कता लाइट मिलाउने, कसरी बनाउने भन्ने थाहा समेत थिएन

त्यतिबेला मोबाइल अड्याउने स्ट्यान्ड समेत थिएन । उनले शुरुमा झ्यालको खापामा अड्याइन्, अनि पछि भर्‍याङको सिंढीमा मोबाइल अड्याएर पनि भिडियो रेकर्ड गरिन् पछि कहिलेकाहीं उनका भाइले भिडियो बनाइदिन थाले

त्यसपछि उनलाई कतिपयले म्यासेज वा कमेन्टमा प्रश्नहरू पठाउन थाले आफूहरूले दैनिक जीवनमा भोगिरहेका जग्गा विवाद कसरी मिलाउने ? श्रीमानले दुःख दिन थालेकाले कसरी सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाउनेदेखि अनेक प्रश्नहरू सोध्न थाले, उनी पनि हौसिइन्

कोरोनाले गर्दा त्यतिबेला धेरैले जागिर गुमाउनुपरेको थियो कतिपयलाई आधारभूत प्रक्रिया समेत पूरा नगरेरै जागिरबाट निकालिएको रहेछशिवाकोटी भन्छिन्, ‘अनि मैले श्रम कानून कामदारका अधिकारका विषयमा केही भिडियोहरू बनाएर उनीहरूलाई स्पष्ट गरिदिएँ

उनलेडिजिटल लयरको भिडियोका साथसाथैडिजिटल एन्ड पोलिसी सेन्टरनामक संस्था पनि खोलिन् फर्मको हैसियत पनि रहने गरी खोलिएको त्यो संस्थाले त्यसबाहेक अध्ययन अनुसन्धान गर्ने दायरा पनि खुला गरेको थियो

आफूले पढेको अंग्रेजी माध्यमबाटै सहज हुने भएकाले शुरुमा उनले त्यसमा आफ्ना भिडियोहरू बनाउन थालिन् तर बीचमै कैयौं टिकटक प्रयोगकर्ताहरूलेभिडियोमा भएको अंग्रेजी बुझिएन, नेपालीमा नै बनाउनुभनी सुझाव दिन थाले, अनि नेपालीमा भिडियो बनाउन थालिन्

त्यसपछि नै ममताले बनाएका श्रम कानूनसँग सम्बन्धित भिडियोहरू चर्चित भएका हुन् अनि सामान्यभन्दा सामान्य खालका तर आम जनमानसमा चासो रुचि हुने कन्टेन्ट छानेर भिडियो बनाउन थालिन्

उनको बुझाइमा मानिसहरूले बिहे, सम्बन्ध, अंश एवं सम्पत्ति, श्रम विवाद जस्ता विषयमा जान्न खोज्दा रहेछन् भिडियो हेर्नेहरूले कहाँ जाने ? कसलाई भेट्ने ? मुद्दा कसरी शुरु गर्ने ? कति खर्च लाग्छ ? को कस्ता वकिल खोज्ने ? भन्ने जस्ता प्रश्नहरूको जवाफमा भिडियो बनाउन थालिन्

अनि मेरो कन्टेन्टको दायरा फराकिलो हुँदै गयोममता भन्छिन्, ‘मान्छेहरूले कानूनका अरू विषयमा पनि सोध्न थाले मैले पनि आफूलाई थाहा नभएका विषयमा अरूलाई सोधेर वा किताब कानून पढेर जवाफ दिन थालें

उनलाई मानिसहरूले केके बारेमा सोधेनन् ? पिरामिड स्किमका बारेमा सोधे साइबर अवराधका बारेमा सोधे घृणाजन्य अभिव्यक्ति गाली-बेइज्जतीको कानूनी पाटोबारे चासो राखे

त्यहीबीचमा एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे , त्यो विवाद तत्कालै सर्वोच्च अदालत पुग्यो ममता भन्छिन्, ‘मैले हाम्रो संविधानमा भएको व्यवस्था, विगतका विघटन सर्वोच्च अदालतका व्याख्याहरूका बारेमा भिडियो बनाएर बुझाउन थालें

शुरुमा टिकटकले सीमित समय दिएको थियो ६० सेकेन्ड अर्थात् एक मिनेटभन्दा लामो भिडियो पोस्ट गर्न मिल्दैनथ्यो एउटै भिडियोमा सबै सूचना दिन मिल्दैनथ्यो उनले सेरिजमा भिडियोहरू बनाउन थालिन् , पछि सामाजिक सञ्जालमा पनि भिडियोको समयसीमा फराकिलो हुँदैगयो

शुरुमा टिकटकबाट शुरु गरेको आफ्नो डिजिटल लयरिङपछि भने फेसबुक इन्स्टामा पनि पोस्ट गर्न थालिन् कतिपय अवस्थामा जटिल प्रश्न लामो भिडियोहरू बनाउनुपर्ने भएपछि उनले लामो भिडियो बनाइन् युट्युबमा पनि हाल्न थालिन् उनले प्रतिनिधिसिभा विघटनका बारेमा बनाएका दुई भिडियोहरू युट्युबबाटै चर्चित भएका थिए

लामो खालका भिडियो बनाउनुपर्ने भएपछि ममताका कामहरू पनि मोबाइलबाट ल्यापटपमा सिफ्ट गर्नुपर्ने भयो । आफूसँग भएको पुरानो ल्यापटपबाट जसोतसो काम गर्न थालिन् कहिलेकाहीं उनीसँग १५ घण्टाको भिडियो पोस्ट गर्न १० घण्टासम्म लागेको अनुभव पनि कोभिडको बेलामा प्रायः घर बस्ने भएकाले उनलाई त्यति समस्या भएन

कानून व्यवसायीहरूका तर्क सधैं तटस्थ वस्तुपरक हुन्छन् भन्ने पनि छैन अदालतको इजलासमा आफ्नो पक्षको प्रतिरक्षाका लागि कानून व्यवसायीले गर्ने तर्कहरू कहिलेकाहीं इजलास बाहिर जोक पनि बन्ने गर्छन् सार्वजनिक सरोकारका राजनीतिक मुद्दामा यस्ता भिडियो बनाउने कानून व्यवसायीहरूलाई सन्तुलित हुने चुनौती पनि थियो

कानूनले के भन्छ के व्यवस्था भन्नेसम्मको कुरामा मात्रै सीमित भएँउनी भन्छिन्, ‘यसमा कसो हुनुपर्छ, के सही हो भन्ने तर्क कहिल्यै पेश गरिनँ त्यसले गर्दा मेरो भिडियो हेर्नेहरूले पनि मलाई विश्वास गर्नुभयो त्यो विश्वास पछिसम्म कायम राखें , उनी सम्झिन्छिन्, विघटनको कुरा गर्दा त्यतिबेला अहिले जस्तो आवश्यकताको सिद्धान्त पुष्टि हुने आधार समेत थिएन

उनलेडिजिटल लयरको भिडियोका साथसाथैडिजिटल एन्ड पोलिसी सेन्टरनामक संस्था पनि खोलिन् फर्मको हैसियत पनि रहने गरी खोलिएको त्यो संस्थाले त्यसबाहेक अध्ययन अनुसन्धान गर्ने दायरा पनि खुला गरेको थियो

ओई डिजिटल लयर

ममता शिवाकोटी एकपटक साथीहरूसँग शिवपुरी निकुञ्जमा हाइकिङ गएर फर्किंदै रहिछन् उकालो चढ्दै गरेका कसैले बाटो सोधे, उनले बाटो बताइदिइन् हिंडिरहेकामध्ये एक जनाले उनलाई फर्केर सोधे, ‘ओई, स्वर चिने झैं लाग्यो, तपाईं डिजिटल लयर होइन ?’ ममताको भिडियो कन्टेन्स नियमित रूपमा हेर्ने उनले स्वरको भरमा चिनेकी रहिछन्

ममतालाई लाग्थ्यो, मेरा साथीहरू, केही चिनेजानका व्यक्ति अनि कानून व्यवसायीहरूको सीमित घेरामा मात्रै उनको भिडियो पुगेको तर नजानिंदो ढंगले आफ्ना भिडियोहरू आम सर्वसाधारणमा पुगेकोमा उनी दंग भइन् अनि विषयवस्तुको दायराहरू पनि बढाउन थालिन् ममता भन्छिन्, ‘आम मानिसहरूलाई आफूहरूको रुचि जोडिएको कानूनी कुरामा ध्यान हुने रहेछ, तर त्यसअनुसार हाम्रोमा कन्टेन्ट बनेका छैनन्

ममतालाई अहिले पनि सामाजिक सञ्जालका अकाउन्टहरूमा वर्ष पुरानो भिडियोको फिडब्याक कमेन्टहरू आउँछ कतिपयले आफ्नो समस्या लेखेर सोध्ने गरेका छन्

कोभिडको बेलामा ममताले युट्युबमा भिडियोहरू हेर्ने क्रममा एक जना विदेशी डाक्टरको भिडियोमा आँखा पुगेछ ती डाक्टरले सेतो एप्रोन नै लगाएर बिरामीहरूका समस्याका कुरा सुन्ने सामाजिक सञ्जालबाट जवाफ दिने गर्दा रहेछन् त्यसैबाट प्रभावित भएर उनले भिडियो बनाउन थालेकी थिइन्

ममताले बनाउने भिडियो डिजिटल लयरका कामहरू उनको स्वेच्छा खुसीका माध्यमहरू हुन् उनले त्यो काममा नगद लगानी गर्नुपरेको , त्यहाँबाट कुनै प्रतिशतको आशा नै गरेकी छन्

आफूलेटिकटक लाइभमा बसेर कहिल्यै गिफ्ट माग्ने वा आर्थिक सहयोग जुटाउने काम नगरेकोबताउने उनी सामाजिक सञ्जालका अकाउन्टहरूलाई पनि मोनिटाइज गरिनन् ममता भन्छिन्, ‘तर यी प्रयासहरूले मेरो सोसियल करेन्सीमा भने लाभ भयो त्यही नै मेरो गेन (आर्जन) हो

तर, भर्चुअल्ली आफ्नो समुदाय तथा केही सेवाग्राहीमाझ परिचित भएपछि ममताको करिअरका लागि राम्रै भयो काठमाडौं बाहिर कलेजहरूमा जाँदा उनले फरक व्यवहार पाइन्, कतिपयले ममतालाई नै इंगित गरेरतपाईंका भिडियोहरू मेरो प्रेरणाको स्रोत होभनिदियो उनी भन्छिन्, ‘उनीहरूको प्रतिक्रिया सद्‌भावलाई नगद वा मुद्रामा रूपान्तरण गर्न सकिंदैन

कतिपय न्यायग्राहीहरू ममताको फर्ममा सोझै आए मुद्दा हेरिदिनुपर्‍यो भनी आग्रह गरे उनीहरूले भिडियोबाट नै चिनेर ममतालाई एप्रोच गरेका रहेछन् एकपटक साइबर ब्युरोमा थुनुवा भेट्न जाँदा ममताले थुनुवाको वकालत गर्नुपर्‍यो

साइबर ब्युरोमा रहेका प्रहरीहरूले उनलाई सोझै भने, ‘म्याम, तपाईंको भिडियो हामी हेरिरहेका हुन्छौं, सामाजिक सञ्जालमा त्यति राम्रा कुरा गर्नुहुन्छ तर यहाँ निम्नस्तरको हर्कत गर्ने मान्छेको बचाउमा आउनुभएको

काम गर्दागर्दै उनी केही समयदेखि टिकटकको साउथ एसिया टिममा आवद्ध भएकी छन् , टिकटकको टिममा बसेर आफ्नो अनुभवसँग सम्बन्धित काम गरिरहेकी छन्

त्यसले ममतालाई द्विविधामा पार्‍यो, तर पछि भने स्पष्ट भइन् ममता भन्छिन्, ‘कानून व्यवसायीको रूपमा मैले कुनै एउटा पक्षको बचाउ गर्नुपर्छ भिडियोमा मेरो पक्षविपक्ष भन्ने हुँदैन आम समुदायलाई सचेत बनाउने रुचिअनुसार नै मैले यो काम थालेकी हुँ

गर्नुपर्ने काम धेरै छन्

ममतालाई लागेको , समाजमा गलत सूचनाको फैलावट चैत-वैशाखको डढेलो झैं निर्वाचनको बेलामा त्यो समस्या झनै चर्को हुने नै भयो उनले भिडियो बनाउन शुरु गर्दा त्यो तहमाआर्टिफिसियल इन्टेलिजेन्स(एआई)’को विकास भएको थिएन

ममता सामाजिक सचेतनाको दायरा अझै फराकिलो पार्नुपर्ने देख्छिन्, किनभने कैयौं मानिसहरूलाई सामाजिक सञ्जालमा आएका कुराहरू सबै सत्य नै हुन् भन्ने लागेको उनी भन्छिन्, ‘मिथ्या सूचनालाई मानिसहरूले विश्वास गर्नुको कारण उसलाई कसैले कहिल्यै सामाजिक सञ्जालबाट आउने सूचनाहरू गलत हुन्छन् भनेर सिकाएको हुँदैन, सतर्क गराएको हुँदैन रहेछ

ममताले साइबर बुलिङ ह्यारेसमेन्ट भोगेका कैयौं मानिसहरू भेटिन् कतिपयलाई यस्ता कुराहरू साइबर ब्युरोमा उजुरी गर्न पाइन्छ भन्नेसम्म पनि थाहा थिएन उनले कैयौं त्यस्ता भिडियोहरू बनाइन्, भोटाहिटीमा भएको साइबर ब्युरो त्यसको कामबारे जानकारी गराइन्

यसरी काम गर्दागर्दै उनी केही समयदेखि टिकटकको साउथ एसिया टिममा आवद्ध भएकी छन् , टिकटकको टिममा बसेर आफ्नो अनुभवसँग सम्बन्धित काम गरिरहेकी छन्

अब भने उनलाई साइबर सुरक्षा, गोपनीयता, डाटाको सुरक्षा वा यस्तै क्षेत्रमा काम गर्न एउटा अनुभव हासिल गरेर विज्ञ बन्न मन लागेको त्यतिञ्जेल अदालतको काम-कारबाही पनि उन्नत सूचनाप्रविधिमैत्री होला भन्ने उनको आशा

डिजिटल लयरको भिडियोहरू शुरुआत गर्दा ममताले मोबाइल त्यसको स्क्रिनबाट आफूलाई अघि बढाएकी थिइन् आगामी दिनमा अदालत पनि प्रविधिमैत्री हुने कैयौं सम्भावना देखेकी छिन्

मोबाइलको स्क्रिनमै हेरेर अदालतको बहस पैरवीदेखि आफ्नो क्षेत्रका अरू कैयौं कामहरू सहज रूपमा गर्न सकिन्छउनलाई लागेको , ‘त्यसका लागि आफूसँग अनुभव सहितको ज्ञान, इन्टरनेट हातमा अट्ने मोबाइल सेट भए पुग्छ

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।