+

ट्रेकिङ दुनियाँका ‘थ्री सिस्टर’

दार्जीलिङबाट पोखरा आएका संघर्षशील तीन दिदीबहिनीले सञ्चालन गरेको थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ प्रालि नेपालको पर्वतारोहण क्षेत्रमा यस्तो अगुवा संस्था हो, जसले हजारौं महिलासँग सहकार्य गरेको छ, ज्ञान बाँडेको छ । महिलालाई पर्यटकका पथप्रदर्शक बनेर पहाड चढ्ने हिम्मत जुटाइदिएको छ ।
पूरा सूची
Shares
लक्की, डिक्की र निक्की क्षेत्री 

छुकछुके रेलको झ्यालबाट देखिने दार्जीलिङको चियाबारीलाई पछाडि छाड्दै दिदी-बहिनी सहित जनाको परिवार नेपालतिर अघि बढ्छ , काँकडभिट्टा, जनकपुरहुँदै आइपुग्छफेवातालमा हिमाल टल्किने शहर पोखरा

जनकपुर घुम्दै गर्दा उनीहरूले पढ्छन् एउटा गाइड बुक, जहाँ लेखिएको थियो पोखराको बारेमा त्यसैले डोर्‍याएर ल्याइपुर्‍याएको थियो, पोखरा

उनीहरूले साथमा पैसा ल्याएका थिए तर यकिन गन्तव्य ल्याएका थिएनन् बस्ने ठेगाना थियो, न त निश्चित लक्ष्य उद्देश्य केवल सबैले बखान गर्ने दार्जीलिङलाई मन रित्तो बनाएर छाडेका थिए भविष्य खोज्दै हिंडेका थिए, आफ्नै पुर्ख्यौली देश नेपालतिर

कहाँ गएर मन थामिन्छ आफैंलाई थाहा थिएन काँकडभिट्टा आइपुग्दा जनकपुर जाने बस देखे अनि जानकी मन्दिर दर्शन गर्न भनेर त्यही बस चढे केही दिन जनकपुर बस्दा त्यहाँ पढेका थिए, गाइड बुक त्यहींबाट उनीहरू पोखराको बस चढे पृथ्वीचोक आइपुगे पोखराको नयाँबजारलाई बस्ने थलो बनाए ।

रहँदा बस्दा तीन दिदी-बहिनीले नयाँ बजारमा दार्जीलिङ रेस्टुरेन्ट खोले । पढालेखा दिदी-बहिनीले सल्लाह गरेका थिए, स्कूल खोलौं तर उनीहरू बसेकै घरभन्दा केही तल होटल थियो आउजाउ गर्दा उनीहरूले सुनेत्यो होटल बिक्रीमा निष्कर्ष निकाले- होटल नै चलाऔं अनि, आफ्नै थातथलोबाट नाम जुराए- दार्जीलिङ रेस्टुराँ

आज यी तीन बहिनीले पोखरा बसेर यति तरक्की गरे कि, सिंगो नेपाल नै वाह् ! भनिरहेको उनीहरू विश्वका विभिन्न देश पुगेर आफ्ना कथा भनिरहेका छन् अनुभव सीप आदानप्रदान गरिरहेका छन्

यी तीन उद्यमी दिदीबहिनी हुन्, लक्की, डिक्की निक्की क्षेत्री उनीहरूको परिचय बनेको , ‘थ्री सिस्टर’ नयाँबजारमा रेस्टुराँ, लेकसाइडमा गेस्टहाउस हुँदै उनीहरूले खोलेको थ्री सिस्टर एड्भेन्चर ट्रेक प्रालि नेपालको पर्वतारोहण क्षेत्रमै यस्तो अगुवा संस्था हो, जसले हजारौं महिलासँग सहकार्य गरेको , ज्ञान बाँडेको बाँच्ने हुटहुटीलाई जगाइदिएको , हिम्मत जुटाइदिएको

नेपालको पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा पहिलो पटक उनीहरूले महिला पनि पर्यटक घुमाएर आत्मनिर्भर बन्न सक्छन् भन्ने देखाएका छन् । यही संस्थाले पहिलो पटक सयौं महिलालाई तालिम दिएर हिमालतिर गाइड बनाएर जाने साहस जुटाइदिएको छ । त्यसैले आज सयौं महिला पर्यटकका पथप्रदर्शक बनेर पहाड चढिरहेका छन्

पोखराको यात्रा : रेस्टुरेन्ट हुँदै गेस्ट हाउससम्म

रामेछाप ठोसेका लालबहादुर कार्की सुख खोज्दै दु:ख गर्न भारतको दार्जीलिङ सुकिया पोखरी पुगे रामेछाप दार्जीलिङको हावापानी भाषाशैली मिल्थ्यो गोर्खा भर्ती हुने बाहेकको गन्तव्य नै त्यो बेला भारत थियो रामेछापतिरका मानिसहरु दार्जीलिङ, असम, सिक्किम लगायतका ठाउँ पुग्थे ।

दार्जीलिङमा लालबहादुरले चिया टिपे, काठको इलम गरे गाईगोठमा काम गरे उतै घर बसाए

लालबहादुर बितेपछि उनका छोरा कर्णबहादुर फेरि पुर्ख्यौली थातथलो खोज्दै रामेछाप ठोसेमै फर्किए तर केही वर्षपछि कर्णबहादुर पिताकै पदचाप पछ्याउँदै दार्जीलिङमै फर्किए उतै जमे काठको व्यापारी बने सामाजिक रूपान्तरणमा योगदान समेत दिए उतै छोरा छोरीसहित सन्तान जन्माए

सन् १९९२ मा कर्णबहादुरले प्राण त्यागे परिवार विक्षिप्त बन्यो सबैभन्दा बढी जीवन संगिनीसहित छोरीले धरती नै भासिएको महसुस गरे उनीहरूलाई लाग्यो, संसारै अँध्यारो

कर्णबहादुरको निधन भएको एक वर्षपछि आमा, छोरी, भाइसहित परिवारका जनाले निर्णय गरे, ‘यहाँ बसेर सधैं विक्षिप्त भइयो । बरु जाउँ नेपालतिरै ।’ उनीहरूले पुर्ख्यौली देश नेपालतिरै फर्किन गुन्टा कसे पोखरा आइपुगे ।

रेस्टुराँ चलाउँदा मान्छेहरूले नराम्रो नजरले हेरेपछि भाइ-बुहारीलाई काउन्टरमा राखेर आफूहरूले लुकेर काम गरेको अनुभव दिदी-बहिनीसँग

८० हजार रुपैयाँ भारु र भएको सुनचाँदी बोकेर पोखरा आइपुगेका तिनै दिदी-बहिनीको सफलताको जीवन्त कथा हो, ‘थ्री सिस्टर’ आमा बितिन् भाइबुहारी दार्जीलिङतिरै फर्के दिदी-बहिनीले पोखरामै संघर्ष गरे र सफल उद्यमी बने । उनीहरूको सफलताले नेपाली महिलालाई प्रेरणा दिन्छ, ऊर्जा भर्छ संघर्ष गर्न सिकाउँछ

बुबाको निधन भएको एक वर्षपछि पोखरा आइपुगेका दिदीबहिनीका लागि नेपाल नौलो भने थिएन लक्कीले काठमाडौंमै उच्च शिक्षा हासिल गरेकी थिइन् गैरसरकारी संस्थामा काम गर्दै उनी कर्णालीका विभिन्न जिल्लामा पुगेकी थिइन् बहिनी डिक्कीले बंगलादेश दूतावासमा काम गरेकी थिइन् निक्कीले स्कूल पढाएकी थिइन् तर उनीहरू फेरि दार्जीलिङ नै फर्किएका थिए

पोखरामा थ्री सिस्टरको संघर्षको कथा भने सन् १९९३ देखि शुरु भएको थियो । अहिले उनीहरू पोखरामा रेस्टुरेन्ट गेस्ट हाउस चलाउँछन् पर्वतारोहणमा महिला ट्रेकिङ गाइडको क्षेत्रमा पायोनियर बन्छन् अहिलेसम्म ती दिदी-बहिनीले साथ छोडेका छन्, हात

दार्जीलिङबाटै ल्याएको पैसाले उनीहरूले पोखरा नयाँबजारमा दार्जीलिङ रेस्टुराँ चलाएका थिए तर त्यो बेला दिदी-बहिनीले मात्रै रेस्टुराँ चलाउनु नेपाली समाजका लागि नौलो थियो

रेस्टुराँ चलाउँदा मान्छेहरूले नराम्रो नजरले हेरेपछि भाइ-बुहारीलाई काउन्टरमा राखेर आफूहरूले लुकेर काम गरेको अनुभव दिदी-बहिनीसँग

लेकसाइड पर्यटकीय क्षेत्र थियो एक दिन उनीहरुलाई कुकले सुझाव दिए- तपाईंहरु लेकसाइड जानुस्, त्यहाँ ठिक हुन्छ

दिदीबहिनी केही पटक मात्रै फेवाताल किनारतिर टहलिन पुगेका थिए दिदीबहिनीका लागि कुकले दिएको सल्लाहले हौसला भर्‍यो एउटा होटल पनि पाइहाले शुरु गरे, पुस्कर गेस्ट हाउस

नेपालीको शंका उस्तै थियो तर विदेशी पर्यटकले निकै राम्रो व्यवहार गर्थे । उनीहरुको आतिथ्यबाट पुलकित हुन्थे हौसला दिन्थे

नेपालीहरु महिलाले पनि यस्तो काम किन गरेको होला भन्थे कसैले मायाको नजरले हेरे, कसैले दयाको कसैले शंकाको नजरले हेरे कसैले हौसला पनि दिए

अनि थाले दिदीबहिनीले फिमेल ट्रेकिङ गाइड सर्भिस

आफूहरुले ल्याएको पैसा सुनचाँदी धितो राखेर लक्की, डिक्की निक्कीले लेकसाइडमा पुस्कर गेस्ट हाउस चलाउन थालेका थिए तीनै जना दिदीबहिनीको अंग्रेजी राम्रो थियो

धेरै पर्यटक ३ जना महिलाले स्वतन्त्र भएर व्यवसाय गरिरहेको दक्षिण एशियामै नदेखेको बताउँथे

महिलाले चलाएको भनेपछि विदेशी नागरिकले चाहिँ सहयोगी भावनाले हेर्थे महिला एकदमै धेरै आउँथेलक्कीले भनिन्, ‘विदेशी महिलाले साउथ एशियामा ट्रेकिङमा जाँदा भोगेका समस्या सुनाउँथे महिला भएकै कारण अप्ठेरो परेका कुराहरु सेयर गर्थे ।’

लक्कीले पर्वतारोहण सम्बन्धी तालिम दार्जीलिङमै लिइसकेकी थिइन् महिलाले यत्रो समस्या खेप्दा रहेछन् भने एकपटक आफैं गएर पो हेर्ने हो कि भन्ने लक्कीलाई लाग्यो एक पटक आफैं गएर हेर्ने हो भने हामीले नै गाइडको काम गर्न सकिन्छ कि भन्ने हुटहुटी लक्कीमा जाग्यो हिंडिन् अन्नपूर्ण बेसक्याम्पतिर

बर्खाको बेला पहिरोको डर थियो पहिलो पटक गएकाले रुटका विषयमा ज्ञान थिएन तर पनि मैले सफलतापूर्वक अन्नपूर्ण बेसक्याम्पमा पहिलो पाइला टेकेंलक्कीले त्यसपछि निष्कर्ष निकालिन्, ‘मैले गर्न सक्छु भने मैले जुन अछामतिरका महिला देखेको थिएँ, उनीहरुका लागि केही पनि होइन भन्ने लाग्यो अनि फर्केर बहिनी सल्लाह गर्‍यौं– हामी गर्न सक्छौं ।’

अनि खोले– महिला ट्रेकिङ गाइड सर्भिस यो सन् १९९४ को कुरा हो त्यसपछि धेरै मानिस उनीहरुसँग फोटो खिच्नकै लागि पुग्न थाले किनकि यो नेपालमा कसैले नगरेको काम थियो

महिला ट्रेकिङ सर्भिस भनेर कम्पनी खोलियो तर काम गर्ने मान्छे थिएनन् । उनीहरुलाई मैले नै सेवा दिनु पर्‍यो । पछि बहिनीहरु पनि जान थालेलक्कीले सुरुआती दिन सम्झिन्, ‘पछि हामी आफैं गएर मात्र हुँदैन, ती विपन्न महिलालाई जोड्नुपर्छ भन्ने उद्देश्यतिर लाग्यौं विस्तारै महिलालाई तालिम दिंदै ट्रेकिङमा पठाउन थाल्यौं ।’

पहिलो पटक अन्नपूर्ण बेसक्याम्प पुगेकी लक्की दोस्रो पटक आफैंले नेतृत्व गरेर दुई जना स्वीस महिलालाई लिएर मुक्तिनाथ पुगिन् पुस्कर होटलमा थ्री सिस्टर खोई भन्दै आउन थालेपछि बल्ल उनीहरुले नाम नै त्यही राखे– थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ तीन दिदीबहिनीले वर्ष फिमेल ट्रेकिङ सर्भिस चलाएपछि परिचय नै थ्री सिस्टर बनेको थियो अनि त्यही नामबाट आफ्नो ब्रान्डिङ गराए

एड्भेन्चर नाममा किन राखेको भने पर्वतारोहण मात्रै होइन, हाम्रै जिन्दगीको पनि यो निर्णय एड्भेन्चर (साहसिक) थियो’, लक्कीले भनिन् ।

विदेशीहरूसँगै पर्वत उक्लिँदा उनीहरूले विश्वका धेरै कुरा सिक्ने अवसर पाए शारीरिक फिटनेस बढ्यो अछाममा महिलाहरुको अवस्था देख्दा उनलाई कहाली नै लाग्यो

धेरैतिर चर्चा हुन थाल्यो । शुरुमा जो आयो, उनैमार्फत विश्वका विभिन्न देशबाट आउन थाले अमेरिकी एक महिला उनको रेस्टुरेन्टमा आएकी थिइन्, उनैमार्फत अनु पुन नाम गरेकी नेपाली महिला पहिलो पटक जोडिन आइपुगिन् विस्तारै एकपछि अर्को जोडिन थाले

शुरु–शुरुमा पारिवारिक रूपमा एक्लिएका, समाजमा हेपिएका, श्रीमान्‌बाट अपमान सहन नसकेर छुट्टिएका महिलाहरु जोडिन आइपुगे उनीहरुले साँच्चिकै सहारा भेटे जस्तो माने, हामीले सहयात्री भेट्यौंडिक्की ती दिन सम्झिन्छिन्, ‘वर्षहरु बित्दै गए किशोरीदेखि यही क्षेत्रमा केही गर्छु भन्ने महिला जोडिंदै गए ।’

अहिले पनि १०० भन्दा धेरै महिलाले थ्री सिस्टर मार्फत ट्रेकिङ क्षेत्रमा काम गरिरहेका छन् उनीहरु आफैंले पाठ्यक्रम निर्माण गरे २५०० भन्दा धेरैले थ्री सिस्टरबाट तालिम लिइसकेका छन् थ्री सिस्टरबाटै ज्ञान दक्षता हासिल गरेर केही महिलाले आफैं ट्रेकिङ कम्पनी पनि चलाइरहेका छन् थ्री सिस्टरबाट तालिम ट्रेकिङ दक्षता लिएर अन्तर्राष्ट्रिय कम्पनीहरुमा काम गर्नेहरु पनि छन्

अहिले पनि नि:शुल्क रूपमै वर्षको दुई पटक तालिम चलाइरहेका छन् ट्रेकिङ गरिरहेका महिलाहरु मार्फत पनि तालिम लिन आइपुग्नेहरु धेरै छन् नेपालभरि महिलाले पथप्रदर्शकका रूपमा काम गरिरहेका छन् अन्नपूर्णदेखि सगरमाथा बेसक्याम्पसम्म पर्यटक पुर्‍याइरहेका छन्

महिला सशक्तीकरणमा ‘थ्री सिस्टर’

लक्कीले काठमाडौंमा मास्टर्स डिग्री गरेकी थिइन् लक्की पढ्नका लागि भनेर नेपाल आइन्, त्यो पनि परिवारसँग जिद्दी गरेर पश्चिम नेपालको अछामसहित विभिन्न जिल्ला पुगिन् त्यहाँका महिलाले भोगेको जीवन देख्दा लक्कीलाई लागेको थियो, महिलाको क्षेत्रमा केही गर्नुपर्छ

त्यसैले उनीहरुले ट्रेकिङमा त्यस्ता महिलालाई प्राथमिकता दिंदै आएका छन् ट्रेकिङका अलावा थ्री सिस्टरले विभिन्न क्षेत्रमा कार्यरत बालबालिकाको उद्धार गरी उनीहरुलाई इम्फावरमेन्ट फर वुमन नामक संस्थामार्फत पालनपोषण शिक्षाको व्यवस्था समेत गर्ने गरेको

विभिन्न अन्तर्राष्ट्रिय दातासँगको सहकार्यमा काम गरिरहेको इम्फावरमेन्ट फर वुमनले महिला बालबालिकाको सशक्तीकरणमा काम गरिरहेको यसको नेतृत्व लक्कीले गरिरहेकी छन् थ्री सिस्टर गेस्ट हाउस डिक्की ट्रेकिङ निक्कीले व्यवस्थापन हेरिरहेका छन्

उनीहरुले महिलालाई पर्वतारोहण पर्यटन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने सिकाएका छन् महिलाको अग्रसरतामा पर्यापर्यटन कार्यक्रम चलाएका छन् अनि वैकल्पिक ऊर्जामा पनि अन्तर्राष्ट्रिय सहयोगमा काम गरिरहेका छन्

इम्फावरमेन्ट फर वुमन नामक संस्थाले नि:शुल्क ट्रेकिङ तालिम सिकाउँछ रक क्लाइम्बिङ गराउँछ किशोरीका लागि खेलकुदमार्फत सशक्तीकरणको काम गरिरहेको अहिले पनि १५ वटा विद्यालयसँग मिलेर महिनाको खेलकुद कोर्स यो संस्थाले गराइरहेको

विज्ञान, प्रविधि जलवायु परिवर्तनको क्षेत्रमा पनि किशोरीहरुलाई सघाइरहेको बालबालिकाका लागि तेक्वान्दो सिकाउने काममा पनि यो संस्थाले प्रोत्साहन गरिरहेको अनुभव आदान–प्रदानका लागि बंगलादेशमा यहाँबाट महिला पठाउने उताबाट पर्यटन तथा ट्रेकिङ सिकाउनका लागि ल्याउने काम यो संस्थाले गरिरहेको

अपि, मनास्लु कञ्चनजंघा हिमाल क्षेत्रका ३० जना महिलालाई पर्वतारोहण पर्यटन क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने सिकाएका छन् जुम्ला, हुम्ला, मुगु डोल्पामा महिलाको अग्रसरतामा पर्यापर्यटन भनेर कार्यक्रम चलाएका छन्   जलवायु परिवर्तनको क्षेत्रमा वैकल्पिक ऊर्जामा पनि उनीहरुले अन्तर्राष्ट्रिय सहयोगमा काम गरिरहेका छन्

अँध्यारो चिरेर उज्यालो यात्रा अबको लक्ष्य

रेस्टुरेन्ट, गेस्ट हाउस हुँदै ट्रेकिङको क्षेत्रमा काम गर्दा उनीहरुले हण्डर-ठक्कर नखाएका होइनन् पाइला–पाइलामा शंकालु नजरको सामना गरे महिला भएकै कारण ठाउँ–ठाउँमा अपमानित हुनुपर्‍यो कतिले घुमाउरो पारामा यौनका कुरा पनि गरे

दार्जीलिङमा महिला-पुरुष भनेर विभेद नभोगेका दिदीबहिनीले यहाँ अनेकौं आक्षेप पनि खेपे तर उनीहरुको पाइला डग्मगाएनन् कतिलाई बेवास्ता गरे, कतिलाई निरुत्साहित गरे तर काम इमानदारितामा कुनै दाग लाग्न दिएनन्

दार्जीलिङमा हामीले कुनै महसुस नै गरेनौं तर नेपाल आएर रेस्टुरेन्ट गर्दा यहाँका लागि नराम्रो काम जस्तो हुने रहेछ मान्छेले शुरुमा कस्तो–कस्तो कुरा गर्थे तर हामीले बुझ्दा पनि बुझ्थेनौं हाम्रो संस्कार नै आगन्तुकसँग हाँस्ने स्वागत गर्ने थियोडिक्कीले सुनाइन्, ‘यहाँ महिला हाँस्नै नहुने जस्तो रहेछ त्यो यति डरलाग्यो चुनौती थियो कि आज पार गरेर हेर्दा अनौठो लाग्छ ।’

सबैभन्दा नराम्रो चाहिं ट्रेकिङ प्रतिस्पर्धाका कारण गलत कुराको प्रचार गरिदिएकोमा उनीहरुको चित्तदुखाइ

तर, जे–जे काममा हात हाले उनीहरु सफल भए त्यसको पछाडि लगनशीलता, इमानदारी हिम्मत थियो त्यसैले विश्वका धेरै देशमा पुगेर थ्री सिस्टरले अनुभव साटेका छन् दर्जनौं सम्मान, पुरस्कार अवार्ड प्राप्त गरेका छन्

अब विगतको कथा नै सुनाएर गरिरहेको कामलाई निरन्तरता दिने कि थप लक्ष्य–उद्देश्य पनि ? लक्कीले नै बाँकी व्यावसायिक जीवनबारे कुरा खोलिन्, ‘नेपाल मात्रै होइन, अब थ्री सिस्टर्सलाई अरू देशमा पनि विस्तार गर्ने मन ।’ बंगलादेशमा व्यावसायिक साझेदारी शुरु भइसकेको अब त्यतिले मात्रै हुँदैन, अरू देश पनि जाने हो भन्ने निष्कर्ष उनीहरूले निकालेका छन्

यी तीन दिदीबहिनी बेलामौकामा बसेर छलफल गर्छन् ‘नेपालमा आफ्नै परिचय बनायौं, पैसा पनि कमायौं नाम पनि कमायौं जे काममा लाग्यौं, त्यसमै लागिरह्यौं के हाम्रो जीवनको लक्ष्य यही थियो ?’ लक्कीले सुनाइन्, ‘मलाई अहिले के लाग्न थालेको भने मान्छे एउटा–एउटा कामका लागि यो संसारमा आएको हुने रहेछ हामी तीन बहिनी यही कामका लागि आएका रहेछौं, त्यसैले अरू कुरामा अल्झिएनौं ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।