+
+

अखिल क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १७:२६

७ असोज, कञ्चनपुर । प्रहरीले नेकपा-माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)का कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर महरालाई पक्राउ गरेको छ ।

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोडमा उत्रिएका महरालाई भाँसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्दकर्ताले भीमदत्तनगरपालिका भाँसीस्थित राजमार्गमा म१ह २४ नम्बरको टेम्पोमा तोडफोड गरेका थिए ।

रकारले भारतसँग गरेको जल विद्युत विकाससम्बन्धी सम्झौता खारेजीको माग राख्दै नेकपा-माओवादीले सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा बन्द आहृवान गरेको हो ।

बन्दका कारण बिहानैदेखि छोटो र लामो दूरीका सार्वजनिक सवारीका साधनहरू सञ्चालन हुन सकेका छैनन् । शिक्षण संस्था, बजार र उद्योगधन्दा पनि बन्द छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?