+
+
Shares
देवीघाट :

कतिका घर नै भेटिएनन्, भेटिएकालाई फेरि चोरीको चिन्ता (तस्वीरहरू)

केहीले भने सुनचाँदी जस्ता बहुमूल्य वस्तुहरू निकाल्न भ्याएका थिए । केहीको सबैथोक त्यही घरमै थियो । यही मौकामा भग्नावशेष भएका ती घरहरूमा चोरी हुनसक्ने डर पनि स्थानीयसँग उत्ति नै थियो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ १३ गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको बुधबार आएको भीषण बाढीले नुवाकोटको देवीघाट तहसनहस बनाएको छ, र धेरै घरहरू बगेर वा पुरिएर नामोनिशान छैन।
  • देवीघाटको वृद्धाश्रममा बस्दै आएका ५ जना वृद्धवृद्धा बेपत्ता छन्, र केही स्थानीयसमेत अहिलेसम्म सम्पर्कविहीन भएका छन्।
  • स्थानीयले भग्नावशेष घरबाट कागजपत्र र सामान खोजिरहेका छन्, र चोरीको डरले शनिबार एक अपरिचित व्यक्तिलाई पक्राउ गरेर पछि छाडिएको थियो।

१३ भदौ, देवीघाट, नुवाकोट । गत बुधबार बिहान एक्कासी भोटेकोशीमा आएको भीषण बाढीबाट क्षतविक्षप्त बनेको ठाउँ मध्ये एक हो, नुवाकोटको देवीघाट ।

जहाँ धेरै घरहरूको नामोनिशान छैन । ‘मेरो यहाँनेर होला कि ! त्यो मन्दिर भएको घर त्यहाँ छ भनेपछि यस्तै हुनुपर्छ’ भन्दै बाढीको चौथो दिनमा केही स्थानीयहरू आफ्नो घर भएको ठाउँ पत्ता लगाउने कोशिस गर्दै थिए ।

बाढीले बगाएर र कतै पुरेर देवीघाट तहसनहस बनेको छ । त्यही भग्नावशेष भएको घरमा अहिले स्थानीयहरू आफ्ना सरसामान खोज्न जोखिम मोलेर पस्दै गरेको देखिन्छ । केही व्यक्तिहरू घरबाट लत्ताकपडाहरू धमाधम निकाल्दै छन् । कोही भने जानै नकसेर दलदलमा फस्ने डरले काठ तेर्स्याएर घरसम्म पुग्ने बाटो बनाउँदै गरेको देखिन्थ्यो ।

उनीहरूको मुख्य चिन्ता नै आफ्ना घरमा भएका कागजाहरू थियो । ‘मेरो पेन्सन पट्टा थियो, लालपूर्जा थियो, अन्य डकुमेन्टहरू थिए’ जस्ता विषय सबैजसोको साझा भनाइ थियो ।

केहीले भने सुनचाँदी जस्ता बहुमूल्य वस्तुहरू निकाल्न भ्याएका थिए । केहीको सबैथोक त्यही घरमै थियो । यही मौकामा भग्नावशेष भएका ती घरहरूमा चोरी हुनसक्ने डर पनि स्थानीयसँग उत्ति नै थियो ।

शनिबार दिउँसो त एक जना अपरिचित व्यक्ति भग्नावशेष भएको घरमा खोतल्न थालेपछि स्थानीयले पक्राउ नै गरेका थिए । ती व्यक्तिलाई प्रहरी कहाँ बुझाउने तयारी गरे पनि केहीले सम्झाइबुझाइ गरेर छाड्ने भनेपछि छाडिए । केही भग्नावशेष घरमा आएर अन्जान व्यक्तिले खोतल्न थालेपछि उनीहरूमा चोरीको चिन्ता देखिन्छ ।

लेदो पन्छाएर घरमा रहेका आफ्ना सरसामान खोज्न उनीहरू शनिबार दिउँसो व्यस्त देखिन्थे ।

केही ग्यासका सिलिन्डर निकाल्न व्यस्त थिए । केहीले भने पुरिएको आफ्नो मोटरसाइकल खनेर निकालेका थिए ।

देवीघाटमा भौतिकका साथै मानवीय क्षति पनि थुप्रै भएको छ । यहाँ रहेको वृद्धाश्रममा बस्दै आएका ५ जना वृद्धवृद्धाहरू बेपत्ता छन् । अन्यलाई निकाल्न भ्याइएको थियो । त्यस्तै केही स्थानीय पनि अहिलेसम्म सम्पर्कविहीन भएका छन् ।

अहिले खोला किनार तथा भग्नावशेष घरहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि खोतल्ने, केही शवहरू भेटमा निकाल्ने काम गरिहरेको छ । अब फेरि पुरानै लयमा देवीघाट फर्कन नसक्ने भन्दै स्थानीयहरू चिन्तित देखिन्छन् ।

पृथ्वीनारायण शाहको समाधीस्थल समेत रहेको देवीघाटलाई धार्मिक रुपमा पनि प्रसिद्ध छ । यो ऐतिहासिक ठाउँ अहिले भने तहसनहस अवस्थमा छ ।

 

 

 

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?