२१ माघ, कठमाडौं । एमाओवादी नेता एवं पूर्वसभासद झक्कुप्रसाद सुवेदीले आगामी फागुन १६ गते ‘सत्तामा हमला गर्ने’ गर्ने बताएका छन् । साथै उनले कार्यक्रममा जो आउँदैन, त्यो माओवादी नठहरिने बताए ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एमाओवादीको ‘मध्यकमाण्ड विशेष प्रशिक्षण’ नामक आन्तरिक कार्यक्रममा नेवाः राज्य समितिमा इञ्चार्ज सुवेदीले भने-‘सत्तामा हमला गर्ने कार्यक्रममा जो आउँदैन, त्यो माओवादी हैन ।’
एमाओवादी नेतृत्वको मोर्चाले फागुन १६ गते देशभरका कार्यकर्ता राजधानीमा उतारेर प्रदर्शन गर्ने योजना बनाएको छ ।
सो दिन ‘सत्तामा हमला’ गर्ने भन्दै बुधबारको प्रशिक्षणमा एमाओवादी महासचिव कृष्णबहादुर महराले नेवा र ताम्सालिङका जनजातिलाई कार्यकर्तालाई विशेष भूमिका खेल्न निर्देशनसमेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4