२५ माघ, वीरगञ्ज । डिप्रोस लघु वित्त विकास बैंक सेढवाका कर्मचारीले एक महिलालाई जबरजस्ती करणी गर्न खोज्दा गएराति पक्राउ परेका छन् ।
बैंकको सेढवा शाखा कार्यालयका कार्यक्रम सहायक पदमा कार्यरत बैद्यनाथ राम चमारलाई सेढवा वडा नम्बर ७ बाट गएराति स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
राति घरभित्र प्रवेश गरी स्थानीय एक महिलालाई जबरजस्ती करणी गर्न खोज्दा घरका अभिभावकले चमारलाई पक्राउ गरी कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए ।
चमारलाई इलाका प्रहरी कार्यालय सेढवामा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायब निरीक्षक पर्मानन्द यादवले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4