+
+

विप्लब माओवादीको बन्दले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १२:००

१३ फागुन, सिन्धुपाल्चोक । भोटेकोशी पावर कम्पनी र पाँच राजनीतिक दलबीच भएको ६ बुँदे सहमती खारेजीको मागगर्दै विप्लव माओवादीले आह्वान गरेको सिन्धुपाल्चोक बन्दका कारण बुधबार बिहानैबाट जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण सिन्धुपाल्चोकबाट कुनै पनि सवारीसाधन काठमाण्डौ भित्रिएका छैनन भने काठमाण्डौबाट पनि सिन्धुपाल्चोक जान सकेका छैनन् । बन्द सफल पार्न भन्दै माओवादीका कार्यकर्ताहरु चोकचोकमा जम्मा भएका छन । अहिलेसम्म बन्द शान्तिपूर्ण रहेको नेकपा माओवादीका जिल्ला सहसचिव चिरण तामाङले जानकारी दिए ।

गत पौष ९ गते स्थानीयलाई ६ प्रतिशत सेयर दिने गरी कम्पनी र राजनीतिक दलबीच भएको सहमति जनबिरोधी र जनघाती भएको भन्दै नेकपा माओवादीले उक्त सहमति खारेजीको माग गर्दै दबाब स्वरुप सिन्धुपाल्चोक बन्दको आव्हान गरेको हो ।

आयोजनाले दिने शेयर कुनै राजनीतिक दल बिशेषलाई नभई समानुपातिक ढङगबाट लक्षित वर्गसम्मको पँहुच पुग्ने गरी वितरण गरिनु पर्ने, पीपीए सम्झौता तत्काल खारेज गरी सर्बसुलभ विद्युत सेवा उपलब्ध गराउनु पर्ने तथा स्थानीयलाई ६ प्रतिशत नभई २० प्रतिशत सेयर दिनुपर्ने लगायतका माग राखेको छ । गत पुस ९ गते भोटेकोशी कम्पनी र पाँच राजनीतिक दलबीच स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमति भएपछि पाँच महिना देखि अबरुद्ध भोटेकासीको निर्माण कार्य सुचारु भएको थियो ।

कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?