Comments Add Comment

भूकम्पको बिषयमा बन्यो ‘कम्पन’

kampan
वैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक संरचनाको पुननिर्माणको विषयलाई लिएर चलचित्र ‘कम्पन’ बनेको छ । दिनेश पौडेलले निर्देशन गरिरहेको चलचित्र अहिले पोष्ट प्रोडक्सनमा छ ।

निर्देशक पौडेलका अनुसार चलचित्रको छायांकन काठमाडौं र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा गरिएको छ । ‘भूकम्पको कम्पनले मानिसमा सिर्जना गरेको डर र यसलाई सामान्य बनाउने उपायलाई समेटेर चलचित्र बनाउने प्रयत्न गरेका छौं,’-निर्देशक पौडेलले भने-‘चलचित्रले दर्शकलाई भूकम्प र त्यसपछिको अवस्था कस्तो थियो भने कुरालाई पुन सम्झाउनेछ ।’

चलचित्रमा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुली आदी कलाकारले अभिनय गरेका छन् । हालसम्म रिलिज डेट फाइनल नभएको यो चलचित्रलाई मंसिरमा हलमा ल्याउने तयारी भईरहेको निर्माता अनिल बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment