+
+

फेसबुकमा सेन्सर लगाउन भारत विश्वमै अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ११:५६

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतमा पुगेर डिजिटल इन्डियाको कुरा गरे । तर, भारत त्यही देश हो, जसले डिजिटल दुनियाँमा अत्यधीक अंकुश लगाइरहेको छ ।

facebook banded

प्रसंग फेसबुकको हो । हालै सार्वनिक भएको एउटा रिपोर्ट अनुसार फेसबुकमा प्रकाशित सामग्रीमा सबैभन्दा बढी प्रतिवन्ध लगाउने देश भारत हो । हालसम्म भारतको अनुरोधमा १५ हजार १ सय ५५ वटा सामग्री फेसबुकले हटाएको छ ।

अन्य देशको तुलनामा यो संख्या अकल्पनीय रुपमा धेरै हो । दोस्रो स्थानमा रहेको छ, टर्की जसले फेसबुकका चार हजार ४ सय ९६ वटा सामग्रीलाई हटाउन लगाएको छ ।

विश्वकै ठूलो प्रजातान्त्रिक देश भनिने भारतले फेसबुकमा पोष्ट भएका यति धेरै सामग्रीमाथि प्रतिवन्ध लगाउनु अभिव्यक्ति स्वतन्तन्त्रतामाथिकै प्रहार भएको तर्क एकथरिले गर्दै आएका छन् ।

भारत सरकारले आफ्ना राजनीतिक विरोधीहरुलाई रोक्नका लागि फेसबुकमा अंकुश लगाएको आरोप पनि लाग्ने गरेको छ । अर्कोतर्फ फेसबुकले चाहिँ भारतले अनुरोध गर्नासाथ सामाग्री हटाइहाल्नुमा आफ्नो इन्टरनेट सेवा भारतमा लन्च गर्नका लागि सरकारलाई रिझाउन खोजेको अर्थमा बुझिएको छ ।

यसअघि अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीले फेसबुकको हेडक्वार्टरमै पुगेर आफ्नी आमासँग भ्वाइस च्याट गर्नुका साथै फेसबुक सञ्चालकसँग सम्बन्ध बनाएर आएका थिए ।

फेसबुका अनुसार यसको वेबसाइटमा रहेको सामग्रीहरुमाथि प्रतिबन्ध लगाउनका लागि भारतका कानून प्रवर्द्धन एजेन्सीहरु तथा कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमका तर्फबाट आवेदन गरिएको थियो । प्रायजसो धर्मविरोधी र उत्तेजक भाषणहरुलाई हटाउन लगाएको पाइएको छ ।

भारतीय मिडियाकर्मी निखिल पहवा भन्छन्, ‘के कस्ता सामग्रीहरुलाई हटाउन लगाइएको छ भन्ने रेकर्ड कतै पनि छैन ।’

फेसबुक प्रयोगकर्ताहरुको अकाउन्टका बारेमा जानकारी हासिल गर्नेमा अमेरिकापछि भारत दोस्रो छ । अमेरिकाले २६ हजार ५ सय ७९ मानिसहरुको जानकारी लिएको छ भने भारतले ६ हजार २ सय ६८ को ।

तेस्रोमा रहेको बेलायतले ४ हजार ४ सय ८९ व्यक्तिको जानकारी फेसबुकबाट हासिल गरेको छ ।

भारतीय एजेन्सीहरुले फेसबुकबाट अत्यन्त निजी जानकारीहरु मागेका छन्, जस्तै सब्स्क्राइवर इन्फर्मेसन, आइपी एड्रेस, अकाउन्ट कन्टेन्ट आदि ।

सामान्यतया फेसबुकले कुनै सामग्री हटाउनु अगाडि त्यसले स्थानीय कानूनको उल्लंघन गरेको छ कि छैन भन्ने सुनिश्चित गर्छ र यदि गरेको पाइए मात्रै प्रतिवन्ध गर्छ । तर, भारतलाई रिझाउनका लागि त्यस्तो सुनिश्चितता बिना सामग्री हटाइने गरेको आरोप स्वतन्त्र मिडियाका अभियन्ताहरु लगाउँछन् ।

निखिल भन्छन्, ‘एक नागरिकका हिसाबले हामीलाई थाहा हुनुपर्छ कि कस्ता कस्ता सामाग्री हटाइएका छन् । यो मौलिक स्वतन्त्रताको कुरा हो । हटाइएका सामाग्रीहरुका बारेमा फेसबुकले जानकारी दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?