+
+

पर्यटनमन्त्री पोखरेल र इजरायली राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २२ गते १७:०३

Ananda pokhrel (3)

२२ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र नेपालका लागि इजरायली राजदूत यारोन मायरबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा भूकम्पपश्चात नेपालको पर्यटनको अवस्था, संविधान कार्यान्वयन, पुनःनिर्माण र समसामयिक राजनीतिक बारेमा कुराकानी भएको थियो ।

मन्त्री पोखरेलले भूकम्पपश्चात पुनः निर्माणका काम भइरहेको र नेपाल सुरक्षित गन्तव्य भएकाले निर्धक्क भएर पर्यटकलाई नेपाल आउन सक्ने राजदूत मायरलाई अवगत गराए ।

राजदूत मायरले भूकम्पपछिको पुननिर्माण र समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?