+
+

कर्मचारी आन्दोलनमा प्रहरीद्वारा अनलाइनखबरकर्मीमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २८ गते १२:२७

Kabin-adhikari-in-Hospital२८ चैत, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रक्रियाविरुद्ध आन्दोलनरत कर्मचारीहरुको समाचार संकलनमा खटिएका पत्रकारलाई प्रहरीले आक्रमण गरेको छ ।

अनलाइनखबरका फाेटाे पत्रकार कविन अधिकारी घाइते भएका छन् ।

आन्दोलनको फोटो किन खिचेको भन्दै प्रहरीहरुले नियन्त्रणमा लिएर केही पर लगी लाठी प्रहार गरेका थिए । प्रहरीले क्यामेरासमेत खोसेर फुटाइदिन खोजेका थिए ।  तर अधिकारीले क्यामेरा बचाउन सफल भएका छन् ।

घटनास्थलमा डीएसपी प्रजित केसीकाे नेतृत्वमा प्रहरीहरू खटिएका छन् ।

ट्रेड युनियनको निर्वाचन घोषणा गरिएकाे विराेधमा एमाअाेवादी, वैद्य एमाअाेवादी र मधेसी दल निकट कर्मचारीहरू सरकारी कामै राेकेर अान्दाेलनमा उत्रेका छन् । कांग्रेस र एमाले लगायतका  दलका कर्मचारी संगठन भने ट्रेड युनियनको निर्वाचनको पक्षमा  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?