+
+

प्रहरीको रासनभत्ता तीन वर्षमा बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते ६:३०

१६ जेठ, काठमाडाैं । प्रहरीको रासनभत्ता तीन तीन वर्षमा बढाउन सिफारिस गरिएको छ ।

Nepal-Police-Logoगृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढा अध्यक्ष रहेको कार्यादलले रासन भत्ता तीन तीन वर्षमा पुनरावलोकन गर्न सिफारिस गरेको हो ।

हाल हरेक वर्ष प्रहरीको रासनभत्ता बड्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वास्तविक लागतभन्दा धेरै रकम रासनमा खर्च भएको भन्दै अर्थ मन्त्रालये रासनभत्ता घटाउन दवाव दिएपछि अध्ययन गर्न कार्यदल बनाइएको थियो ।

कार्यदलमा अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालयका उपसचिव तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसएसपीहरु सदस्य छन् ।

कार्यदलले दुई साताअघि गृहसचिव नारायण गोपाल मलेगाँलाई प्रतिवेदन बुझाएको हो । सोही प्रतिवेदनका अधारमा सरकारले आगामी आर्थिक वर्षमा प्रहरीको रासन भत्ता पुनराबलोकन गर्ने गरी योजना बनाउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?