यतिबेला बलिउडकी चर्चित निर्देशक फराहा खानका श्रीमान् शिरिष कुन्दनलाई चलचित्र चोरीको आरोप लागेको छ ।
उनले निर्देशन गरेको छोटो चलचित्र ‘कृति’ एक नेपाली लघु चलचित्रबाट चोरिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । चलचित्रको प्लट, निर्देशकिय शैलीलाई शिरिषले चोरेको भन्दै भारतीय मिडियामा पनि चर्चा भैरहेको छ ।
अनिल न्यौपानेले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘वीओवी’बाट शिरिषको ‘कृति’ चोरिएको पाइएपछि यसले हंगामा मच्चाइरहेको छ ।
नेपाली ट्विटर प्रयोगकर्ताले ह्यासट्याग नै बनाएर ट्रेन्ड चलाइरहेका छन् । जसले गर्दा शिरिष तनावमा रहेको भारतीय मिडियाको दाबी छ । उनले नेपाली चलचित्रका निर्देशक अनिललाई ट्विटरमा ब्लक गरिसकेका छन् ।
अहिले शिरिष र फराहा दुबैले नेपाली ट्विटरकर्ताहरुलाई ब्लक गरिरहेका छन् । जसले उनीहरुको नाम प्रयोग गर्दै कथा चोरिएको भन्दै ट्रेन्डिङ गरिरहेका छन्, ती नेपाली प्रयोगकर्तालाई ब्लक गरिएको छ ।
शिरिषले ट्विटरबाटै आफूले नेपाली लुघ चलचित्रको कथा नचोरेको पारेका छन् ।