
काठमाडौं । अष्ट्रेलियाली मुलकी केट हिमलाई केही वर्ष अघि डाक्टरले भनेका थिए कि उनी अब कहिल्यै गर्भवती बन्न पाउँदिनन् । तर, केटले अहिले जुम्ल्याह छोरीलाई जन्म दिएकी छन् ।
यसमा सबैलाई आश्चर्यमा पार्ने कुरा चाहीँ के हो भने उनले जन्म दिएका जुम्ल्याहा एकैपटक गर्भधारण भएका होइनन् । १० दिनको अन्तरमा भएको गर्भधारणबाट जुम्ल्याहा छोरीहरुको जन्म भएको हो ।
यसअघि केटले गर्भधारणको लागि पोलिसिस्टिक ओवरी सिन्ट्रोम नामक हार्मोनसम्बन्धी समस्याको उपचार गरिरहेकी थिइन् ।

तर गर्भधारण गरेको मात्र १० दिनभित्र असुरक्षित यौनसम्पर्क गर्दा उनी दोस्रोपटक गर्भवती भएकोमा डाक्टरहरु पनि आश्चर्यमा परेका छन् ।
डाक्टरहरुलाई मान्ने हो भने यस्तो भएको हुनसक्छ कि महिलाको पाठेघरमा दुईवटा अण्डकोष तयार भयो वा गर्भाधान भइसकेको अण्डकोष फुटेर दुई भागमा विभाजन भयो ।
अहिले केटकी दुवै छोरीहरु शार्लेट र ओलिविया स्वस्थ्य छन् । दुवैको जन्म आजभन्दा १० महिना पहिला भएको थियो । दुवैको तौल जन्मदाको समयमा फरक थियो ।
अहिलेसम्म संसारभर केट हिलको जस्तै मात्र १० अन्य केसहरु सार्वजनिक भएको छ ।
प्रतिक्रिया 4