११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा संविधान संशोधन विधेयक अघि बढ्न दिने भएको छ । तर, विधेयकको अन्तरवस्तुमा भने उसको विरोध कायमै छ ।
संसदको आजको बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची छ ।
स्रोतका अनुसार यसमा एमालेले विरोध गर्ने छैन । यसबारे औपचारिक निर्णय गर्न एमालेले अहिले बैठक बोलाएको छ । लगतै विपक्षी गठवन्धनमा आवद्ध ९ दलको बैठक बोलाइएको छ ।
स्रोतले भन्यो, संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्दा एमालेले अवरोध गर्दैन ।’
सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि एमालेले संशोधन अघि बढ्न दिने संकेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4