१३ चैत, काठमाडाैं । स्थानीय तहको चुनावमा कसरी एमालेलाई जित्ने भन्नेबारे नेपाली कांग्रेसका नेताहरु रणनीति बनाउन जुटेका छन् ।
पार्टी कार्यालय सानेपामा आइतबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल सुरु भएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावलाई लक्षित गरी मेची महाकाली अभियान सम्पन्न गरिसकेको अवस्थामा अब कांग्रेसले कसरी अगाडि बढ्ने भन्नेबारेमा नेताहरु छलफलमा जुटेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस के गर्दैछ भन्दै बेलाबखत प्रश्न उठाउने गरेको अवस्थामा नेपाली कांग्रेसका नेताहरु औपचारिक बैठकमा जुटेका हुन् ।
दोस्रो संविधानसभाको चुनावबाट नेपाली कांग्रेस पहिलो दल बनेको थियो । अब हुने चुनावमा एमालेले आफूलाई पहिलो बनाउने रणनीति बनाएपछि नेपाली कांग्रेसका लागि पहिलो दलको हैसियत कायम राखिराख्नुपर्ने उसका लागि चुनौती छ ।
मधेसबारे निधि र सिटौलाको बेग्लै ब्रिफिङ
यसैवीच आइतबारको बैठकमा कांग्रेस नेता विमलेन्द्र निधी र कृष्ण सिटौलाले बेग्लाबेग्लै बि्रफिङ गरेका छन् ।
नेताद्वयले सरकार र मधेसी मोर्चावीचको वार्ता र संविधान संशोधनका विषयमा बैठकलाई जानकारी गराएका थिए ।
यी पनि पढ्नुस्
कांग्रेस बैठकमा खुमबहादुरले छिराए हिन्दु राष्ट्रको एजेण्डा
कांग्रेसको कार्य सम्पादन समिति गठन, ४२ विभाग पनि टुंगो लाग्यो
प्रतिक्रिया 4