+
+

फेरि पूर्वराजपरिवारको सम्पत्ति खोज्दै ट्रस्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते ६:२३

२४ चैत, काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ ।
विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले धनुषा, उदयपुर, सप्तरी, कपिलवस्तु, पर्सा, मुस्ताङ र मनाङ जिल्लाको सम्पत्ति खोजी सुरु गर्न लागेको हो ।
कार्यालयका प्रवक्ता लेखबहादुर कार्कीले वैशाख महिनाभित्र सात जिल्लाको सम्पत्ति खोज्न प्राविधिकसहितको टोली खटाउने तयारी भइरहेको जानकारी दिए ।

उनले केही जिल्लामा पूर्वराजा वीरेन्द्र र उनको परिवारको नामको सम्पत्ति भेटिन थालेपछि अन्य जिल्लामा पनि खोजी सुरु भएको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?