१ बैशाख, काठमाडौं । सेनाको जीपको अगाडि कश्मिरी युवालाई बाधिएको एउटा भिडियो निकै भाइरल भएको छ ।
ढुंगा नहानोस् भनेर सेनाले आफ्नो गुडिरहेको जीपको अगाडिको भागमा एक युवकलाई बाँधेको थियो ।
यो भिडियो ट्वीट गर्दै जम्मु कश्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भनेका छन्, म कश्मिरमा सीआईपीएफको जवानमाथि भएको हातपातको डिभियाले उत्पन्न आक्रोसलाई बुझ्न सक्छु । तर, आर्मीको जीपमा बाँधिएका कश्मिरी जवान देखेर मानिसहरुले त्यति नै आक्रोस किन आएन, यसले चिन्तित छु ।’
सेनाले यो भिडियोबारे छानविन भइरहेको बताएको छ ।
सामाजिक सञ्जालमा भने भारतीय सीआईपीएफको जवानमाथि भएको हातपातको भाइरल भिडियोको जवाफका रुपमा हेरिएको छ । यो भिडियोमा सुन्न सकिन्छ कि ढुंगा हान्नेहरुको यहि हाल हुनेछ ।’
Here’s the video as well. A warning can be heard saying stone pelters will meet this fate. This requires an urgent inquiry & follow up NOW!! pic.twitter.com/qj1rnCVazn
— Omar Abdullah (@abdullah_omar) April 14, 2017
प्रतिक्रिया 4