Comments Add Comment

नवनिर्वाचित मेयर शाक्यले भने- सबैसँग सहकार्य गरेर काठमाडौंको विकास गर्छु

१४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकासमा सबैसँग सहकार्य गर्ने बताएका छन् । उनले सुन्दर, सम्बृद्ध, सुरक्षित काठमाडौं बनाउने आफूहरुको लक्ष्य रहेको बताए ।

निर्वाचन परीणाम घोषणापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मेयर शाक्यले भने, ‘हिजोसम्म म एमालेको प्रतिनिधि थिए । अब महानगरबासीको भए ।’

उनले अघि भने, ‘नेपाली कांग्रेससहितका सबै दलले सम्मानजनक मत पाएका छन् । सबैको चित्त बुझाएर महानगरको विकासमा सबैसाग सहकार्य गरेर अघि बढ्छु ।’

उनले एमालेको सिंगो पार्टी आफ्नो पछाडि रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment