१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको निर्वाचनमा मतदान जारी छ ।
दिउँसो ३ बजेसम्म करिव ६२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र -जेइओसी) मा प्राप्त पछिल्ल्ाो विवरण अनुसार, सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ ।
यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ । विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4