
फाइल फोटो ।
३१ भदौ, काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।
यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल स्रोतले बतायो । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।
अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4