२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा आफ्नो पार्टीले धेरै भोट ल्याएपछि आत्तिएकाहरुले राष्ट्रपतिले गाडी किन्न १६ करोड माग्यो भनेर प्रचार गरेको बताएका छन् । उनले महिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई चुनौती समेत दिएका छन् ।
मंगलबार राजधानीमा भएको एक कार्यक्रममा ओलीले राष्ट्रपतिको बचाउ गरेका हुन् । एमालेले धेरै भोट पाएपछि केहीको मन भतभती पोलेको भन्दै उनले भने, ‘राष्ट्रपतिले गाडी किन्न १६ करोड माग्यो भनेर स्याल हुइँया चलाइएको छ ।’
एमालेले अब हुने चुनावमा पनि धेरै भोट पाउने भन्दै उनले यसलाई बानी पार्न सुझाव दिए ।
एमालेले अवसर पाउँदा महिलालाई राष्ट्रपति बनाएको भन्दै उनले महिलालाई राष्ट्रपति बनाएर देखाउन अन्य दललाई चुनौती समेत दिए । हालै भएको स्थानीय चुनावमा पनि एमालेबाट धेरै महिलाले जितेको उनले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4