२९ साउन, सल्यान । राप्ती लोकमार्ग अन्तर्गत सल्यान र दाङको सिमानामा पहिरोले यात्रु बस बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
सल्यानको जयतपानीबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३२३० नम्बरको बसलाई राम्री भन्ने ठाउँ नजिकै पहिरोले बगाएको हो । बस बगाउँदा ठेगाना नखुलेका अन्दाजी २७ वर्षीय कमल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कपुरकोट र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलीले बसका यात्रुहरुलाई उद्धार गरेको छ । घाइते सबैको तुलसीपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बस सडकबाट अन्दाजी १९ मिटर खोलामा खसेको छ ।
-दिपक शर्माबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4